Friday 16th January 2026

कुवेत आएको ३ महिनामै ज्यान गुमाएका पासाङको परिवारलाई आर्थिक सहयोग


हरि कृष्ण न्यौपाने-कुवेत आएको ३ महिनामै सबारी दुर्घटनामा परि ज्यान गुमाएका खोटाङका पासाङ दोर्जे शेर्पाको परिवारलाई उक्त कम्पनीमै काम गर्ने साथीहरु मिलेर नेरु १,५५,१९५(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे)आर्थिक सहयोग पठाइएको छ।गत सेप्टेम्बर १६,२०१८ आइतबारका दिन कार्य स्थलमा जाने क्रममा कुवेतको जहारा रोडमा कम्बाइन कन्स्ट्रक्सन कम्पनी ग्रुप कुवेत कम्पनीकै सबारी साधन दुर्घटना हुँदा शेर्पाको र एक भारतीय नागरिकको मृत्‍यु भएको थियो।

पश्चिमाञ्चल सेवा समाज कुवेतका अध्यक्ष तथा कोसेली समुह लगाएत अन्य संस्थामा आबद्द सामाजिक अभियन्ता अमर खड्काले तितोपाटी डटकमसंग भने”उमेरले २६ बर्ष मात्र टेकेको तथा कुवेत आएको ३ महिना पनि पुरा नहुँदै सबारी दुर्घटनामा ज्यान गुमाएका शेर्पाको छोरी पासाङ लामु शेर्पाको उज्वल भबिश्यको लागि हामी सबैले सहयोग उठाएका हौ।उनले थपे”उक्त सहयोग रकम हिनामिना नहोस भनी मृतकका नाबालिका छोरि पासाङ लामु शेर्पाको नाममा राष्टिय बाणिज्य बैंक खोटाङ दिक्तेलमा खाता खोल्न लगाइ खाता नं २०६००३४१४९१०मा ४१९.६५० केडी नेरु १,५५,१९५/-(एक लाख पचपन्न हजार एक सय पन्चानब्बे) जम्मा गरेका छौ।छोरी ठुलो भएर नागरिकता नबनाए सम्म उक्त रकम झिक्न पाइने छैन।”

खडकाले सबै सहयोगिहरु र सहयोग संकलनमा सहयोग गर्नेहरु प्रती तितोपाटी डटकम मार्फत आभार ब्यक्त गरेका छन।
सहयोगीहरुको नामावली निम्नअनुसार रहेको छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...