Saturday 11th April 2026

प्रियंका-निकको विहे पछिको पार्टीमा मोदी पनि सरिक


तितोपाटी – बलिउड ‘देशी गर्ल’ प्रियंका चोपडा विवाहकै कारण चर्चामा आइन । उनले दुई चरण अर्थात क्रिश्चियन र हिन्दु संस्कारमा रहेर अमेरिकी गायक निक जोनससँग भारतको जोधपुरस्थित उम्मैद भवनमा लगनगाँठो कसिन् । विवाह पश्चात मंगलबार बेलुका प्रियंका चोपडा र निक जोनसको दिल्लीमा भएको रिसेप्शन पार्टीमा प्रधानमन्त्री नरेन्द्र मोदी खास अतिथी बनेर पुगे ।राज घराना शैलीमा सम्पन्न उक्त विवाहको रिसेप्सनमा पुगेका प्रधानमन्त्री मोदीले बधाइ दिंदै प्रियंका र निकसँग तस्बिर पनि खिचाएका थिए ।

सो अवसरमा प्रधानमन्त्री मोदीले प्रियंकाको परिवारसँग पनि भेटघाट गरेका थिए । बिहे अगाडि नै प्रियंका मोदीलाई बिहेको निम्तो दिन पुगेकी थिइन् । यसअघि मोदीले नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहे पार्टीमा पनि सहभागीता जनाएका थिए । यसपछि उनी बलिउडकी अर्की नायिकाको बिहे पार्टीमा पुगेका हुन् ।

प्र‍ियंका चोपडा र निक जोनसले मंगलवार द‍िल्लीमा पहिलो र‍िसेप्शन पार्टी दिएका थिए । प्रियंका र निकको विवाह २ रीतिले गरिएको थियो ।एक हिन्दु रीत र अर्को क्रिश्चीयन रीत, क्रिश्चीयन रीतबाट गरिएको विवाहको र‍िसेप्शनमा सबैभन्दा पहिले प्रियंका र निकको आमाहरुले आफ्नो भनाइ राखेका थिए त्यसपछि परम्परागत गीतमा नाचेका थिए । नाचपछि क्रिश्चीयन चलनअनुसार जोडीले केक काटेका थिए ।

निक र प्रियंकाले अब मुम्बइमा बिहे पार्टीको आयोजना गर्दैछन् । उनीहरुले आफ्नो बिहेलाई निकै नै गोप्य राख्ने प्रयास गरेका थिए । बलिउड हुँदै हलिउडसम्म अभिनय यात्रा पुर्याएकी ३६ बर्षिया नायिका प्रियंका चोपडाको आफु भन्दा १० बर्ष कम उमेरका हलिउड गायक निक जोनससँग यसै वर्षको शुरुमा इन्गेजमेन्ट भएको थियो।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...