Sunday 21st December 2025

कतार तेल उत्पादन गर्ने राष्ट्रहरूको संगठन(अोपेक)बाट अलगिंदै


तितोपाटी – कतारले ग्याँस उत्पादनमा आफ्नो क्षमता बढाउने लक्ष्यका साथ सन् २०१९ को शुरुमा तेल निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) बाट बाहिरिने भएको छ । कतारका इन्धनमन्त्री साद अल–कावीले सोमबार उक्त घोषणा गरेका छन् ।

उनले कतारको निर्णयलाई ‘प्राविधिक र रणनीतिक’ भएको बताउँदै यसको कतारलाई लगाइएको नाकाबन्दीसँग कुनै सम्बन्ध नरहेको पनि प्रस्ट पारे । ओपेकमा कतार सन् १९६१ देखि सदस्य बन्दै आएको थियो । पूर्व सहयोगी मित्रराष्ट्र साउदी अरबले विगत १८ महिनायता दोहालाई बहिष्कार गर्दै आएको अवस्थामा कतारको यो निर्णय आएको हो । कतारले सन् २०१९ को जनवरीदेखि लागू हुनेगरी ओपेकबाट छुट्टिने घोषणा गरेको हो । इन्धनमन्त्री कावीले दोहामा सोमबार बिहान पत्रकार सम्मेलन गरी उक्त सूचना सार्वजनिक गरेका हुन् ।

यद्यपि कतारको यो पछिल्लो निर्णय साउदी अरब वा यसका अन्य सहयोगी खाडी राष्ट्रसँग तनाव बढाउने उद्देश्यबाट प्रेरित भने नभएको मन्त्री कावीको भनाइ छ । मन्त्री कावीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताए ।

कतारले तेल उत्पादनलाई निरन्तरता दिने र ल्याटिन अमेरिकी मुलुकको सबैभन्दा धेरै तेल आयात गर्ने मुलुक ब्राजिललगायतका देशहरूसँग सम्झौता गरेर अघि बढ्ने कावीले स्पष्ट पारेका छन् । यद्यपि उनले आगामी दिनमा कतारको प्रमुख प्राथमिकता ग्याँस उत्पादन गर्नुभएको चर्चा गरे । कतार ग्याँस आपूर्तिका हिसाबले विश्वको सबैभन्दा धेरै ग्याँस आपूर्ति गर्ने मुलुक हो । ‘हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन । हामी यथार्थपरक हुनैपर्छ । हाम्रो क्षमता नै ग्याँस हो’, मन्त्री कावीले भने ।

कतारले हालको ग्याँस उत्पादनलाई सन् २०२४ सम्म प्रतिवर्ष ११ करोड टन ग्याँस उत्पादन गर्ने लक्ष्य लिएको बताउँदै ग्याँस आपूर्तिलाई विशेष महत्व दिने उनको कथन छ ।

कतारले प्रतिदिन ५ लाख ब्यारेल तेल उत्पादन गर्ने गरेको र यो कच्चा तेल उत्पादनका हिसाबले सत्रौँ ठूलो तेल उत्पादक राष्ट्र हो ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...