Tuesday 31st March 2026

सृजनशिल युवा समाज नेपाल-कुवेतले नेपालमा सम्मान कार्यक्रम गर्दै


तीतोपाटी डट कम-सृजनशिल युवा समाज नेपाल-कुवेतले नयाँ अंग्रेजी बर्ष सन २०१९को अबसर पारेर नेपालमा राष्ट्रसेबी तथा समाजसेबी ब्यक्तित्वहरुलाई सम्मान अनि समाजमा भैरहेको बिकृती,बिसङ्गति जस्तो कार्यलाई अन्त्य गर्नको निमित्त अन्तर्कृया कार्यक्रम गर्ने भएको छ।

आयोजक संस्था सृजनशिल युवा समाज नेपाल-कुवेतका अध्यक्ष पुष्कर सिंह धमी नेपाल छुट्टी गएको समय मिलाएर काठमान्डौमा माननिय गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिने भएको हो।

स्वदेश देखि प्रबास सम्म एकता गरौ,सामाजिक कार्यमा समुहिक प्रतिबद्धता गरौ भन्ने मुल नाराको साथ स्थापित सृजनशिल युवा समाज प्रबास कुवेतबाट स्थापित यो संस्थाले नेपाल लगाएत अन्य देशहरुमा समेत शाखा बिस्तार गरिसकेको छ। प्रबास वा स्वदेशमा दु:खमा परेका,आपत बिपतमा परेका तथा अनाथ,पिछडिएका बर्गहरुलाई साथ,सहयोग,उद्दार लगाएत सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ।

सम्पर्क तथा सहभागीताको लागि:-
बिश्व राम तिमिल्सिना:-९८६१०८२९६५
पुष्कर सिह धामि(अध्यक्ष):-९८०३३६५३६६
कार्यक्रम हुने मिति:-२०७५,पौष-२१ गते शनिबार(जनावरी-५,२०१९)
स्थान:-नवदुर्गा पार्टी प्यालेस,काठमाण्डौ
समय:- बिहान ठिक ११ बजे


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...