जय नारायण माझि थारु-देशलाई समृद्दशाली बनाउदै बिकासको माध्यमबाट जनताका दु:खलाई सुखमा परिवर्तन गर्ने नारा बोकेर आएको कम्यूनिस्ट सरकारले जनभाबलाई बोक्न नसकेको र जनताको हितमा काम गर्न नसकी रहेको तथा बिकास र निकासका नारा भाषणमा मात्र सिमित रहेको जन-गुनासोहरु आइरहेका छन।खास गरेर देशको सबैभन्दा ठुलो शक्ति”जनता”नै हुन।बिशेष गरी देशको तिन अंगहरु न्यायपालिका,ब्यवस्थापिका र कार्यपालिकालाई जनताको हितकै लागि र केन्द्र देखी गाँउ सम्म समान अधिकारका साथ बिकासमा ध्यान दिने हो भने देश समृद्द हुन समय लाग्दैन।बिशेष गरी सबै जनतालाई गास, बास र कपासको साथमा शिक्षा,श्वास्थ्य,खानेपानी, सडक लगाएत न्यूनतम मानबिय आवश्यकताहरुको बिकासमा देशका सम्बन्धित निकायहरु,नेताहरु र जनता सबै एक भएर लाग्ने हो भने देशको बिकास र समृद्दी धेरै टाढा छैन।
हाम्रो देशमा बिस २००७ देखि अहिले सम्मको राजानितिक बृतचित्रलाई हेर्ने हो भने धेरै राजनिक ब्यबस्थाहरु परिवर्तन भए तर दु:खको कुरा जनताको अबस्था अझ परिवर्तन हुन सकेको छैन।देशमा ब्यबस्था परिवर्तनको नारा बोकेर हिंड्ने अधिकांश नेताहरु जो चप्पलमा काठमाडौं भित्र पसे,आज तिनिहरुको आसन फेरिएको छ,लवाई खवाई फेरिएको छ,रहन सहन फेरिए को छ र उनिहरु अरबौ-खरबौको मालिक भएका छन।तर उनिहरुको कार्यकर्ता भएर हिंडेका हामी सर्बसाधारणको जिबन शैली अझै उस्तै छ।बिहान खाए बेलुका के खाउ र बेलुका खाए बिहान के खाउ भन्ने त्रासबाट अझ हामी मुक्त हुन सकेका छैनौ।कोही देशमा ज्याला मज्दुरी गर्दैछन त, म लागएत लाखौं युबा शक्ती आमा,बुवा, परिवार अनी बालबच्चाबाट टाढिएर बिदेसिनु बाध्य छौ।लाग्छ अझै यस्तै नेताहरुले आफु र आफ्नैलाई मात्र पोस्ने अनी भाषणमा मात्र गुलिया कुरा गर्ने अनी शासनमा सिन्को नभाच्ने हो भने हाम्रा छोरा-नातिहरुको दैनिकी हाम्रो भन्दा पनि अझ बिकराल हुनेछ।
देशले धेरै शासन ब्यबस्था परिवर्तन गर्दै गणतान्त्रिक नेपालको नमांकरण पाएको छ।नेताहरुकै भाषामा संघिय सरकार र संघिय ब्यबस्थाको शुरुवात भएको छ भने सिंहदरबारको अधिकार(शक्ती) गाउ-गाउमा पुगेको छ।तर सरकार “दुई तिहाई बहुमतको कम्यूनिस्ट सरकार छ”भन्नेमा मात्र सिमित छ।महंगी,भ्रटचार, हत्या, बालत्कार लगायत ठगी अनी दुर्घट्नाहरु बढ्दैछन।सरकार संघियताको कसरतमा गाई-भैसी किनमेल देखी डुंगा तर्दा समेत कर लगाउन ब्यस्त छ।पर्यटनको अत्यन्तै ठुलो अबसर रहेको देशमा दोहोरो करले पर्यटकनै मारमा परेका छन।बिमान स्थल देखी बाटो-घाटो तथा पर्यटकिय क्षेत्रको बिकास अझै सपनामै सिमित छन।भुकम्पले भत्काएको बस्ती अझै उठन सकेको छैन।सरकार र सत्ता पक्ष अनी बिपक्षका नेताहरु बिकासको नारा भट्याउनमा ब्यस्त छन।कुरा मात्र गर्ने र काम नगर्ने हो भने बिकास र समृद्दीका योजना अनी सपना कहिल्यै पुरा हुने छैनन।त्यसैले नेता ज्यू देशको बिकास र समृद्दी भाषणले मात्र हुँदैन,जन स्तरमै पुग्ने खालका साना-साना योजनाबाट बिकास शुरु गर्नुस।बरु समय लाग्ला,सबै क्षेत्रबाट लागि पर्ने हो भने बिकास र नेपालीहरुको समुन्नती सम्भब छ”भाषणको सट्ट्टामा व्यबहारमा फिल्डमै गएर बिकासको शुरुवात गरौ।”देश-बिदेशमा रहेका नेपाली युबाहरुलाई बिकासमा टेवा दिन आबहान गर्नुस, हामी पनि आउनेछौ र समृद्द नेपाल बनाउन होस्टेमा हैंसे गर्ने छौ।जय देश..!