Wednesday 18th March 2026

रूसद्वारा युक्रेनका ३ वटा नाैसैनिक जहाज कव्जा


तितोपाटी – रुसले क्राइमिया नजिकको सामुद्रिक क्षेत्रबाट युक्रेनका तीनवटा नौसैनिक जहाजहरु नियन्त्रणमा लिएको छ। रुसको उक्त कदमले सैनिक तनाव बढ्ने त्रास बढाएको छ भने युक्रेनले राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठकका लागि सोमबार नै अनुरोध समेत गरेकाे छ।

युक्रेनको एफएसबी सुरक्षा सेवाले युक्रेनी जहाजमाथि रुसले हतियारको प्रयोग गरेको जनाएको छ भने रुसले आफ्नो जलक्षेत्रमा युक्रेनी पानीजहाजहरु अनधिकृत रुपमा प्रवेश गरेको जनाएको छ। दुईवटा युक्रेनी साना युद्धपोत र एउटा टगबोट कर्च स्ट्रेट हुँदै आइतबार अगाडि बढेपछि याे घटना भएकाे हाे। कर्च स्ट्रेट एउटा साँघुरो प्रवेश क्षेत्र हो जहाँबाट युक्रेन र रुस दुवैले प्रयोग गरिआएको अजोभ सागरमा प्रवेश गर्न सकिन्छ। अजोभ सागर दुवै देशको साझा हो।

युक्रेनले एउटा रुसी सीमा सुरक्षा जहाजले टगबोटमा एकाएक आक्रमण गरेको र त्यसपछि तीनवटै जहाज नियन्त्रणमा लिएको जनाएको छ। युक्रेनले कर्च स्ट्रेटको साँघुरो जलमार्गमा रुसले ट्यांकर तेर्स्याएर बाटो अवरुद्ध गरेको जनाएको छ। यो क्षेत्रमा रुसी सैनिक विमानहरुले आकाशबाट गस्ती गरिरहेको युक्रेनले बताएको छ।

युक्रेनमा उत्पन्न तनावका बारेमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक सोमबार बस्न लागेको राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले बताए। यो बैठकका लागि रुस र युक्रेन दुवैले अनुरोध गरेको कुटनीतिक स्रोतहरुले बताएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...