Sunday 18th January 2026

रूपन्देहीमा कार र मोटरसाइकल जुधे, मोटरसाइकलमा सवार २ जनाको मृत्यु


तितोपाटी – रुपन्देहीको सैनामैनामा कार र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सैनामैना सोरौलीमा बुटवलतर्फ आउँदै गरेको बा१६च ८०१६ नम्बरको (हाइलक्स) कार र विपरीत दिशातर्फ जाँदै गरेको से ४ प ७७७५ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाकै मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं ८ बस्ने तिलक सुनार रहेको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ । अर्का एक एकजनाको पहिचान खुलेको छैन । कारसमेत सडकबाट तल खसेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...