Wednesday 18th March 2026

अफगानिस्तानमा भएको अात्मघाती बम हमलामा कम्तीमा ५० जनाको मृत्यु, ८३ घाइते


तितोपाटी – अफगानिस्ताको राजधानी काबुलमा आत्मघाती बम हमला हुँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् । इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदको जन्म जयन्तीको अवसरमा आयोजना गरिएको धार्मिक कार्यक्रम लक्षित आतंककारी आक्रमण भएको हो ।

सो कार्यक्रममा प्रतिष्ठीत धर्मगुरुहरु सहित हजारभन्दा बढी मानिसहरु समावेश थिए । गम्भीर घाइतेको संख्या धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने छ बताइएको छ । काबुलमा हालैको महिनामा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । आक्रमणको जिम्मा अहिलेसम्म कुनै समुहले नलिए पनि तालिवान अथवा आइएस लडाकुले यो आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ ।

घटनास्थलमा कम्तीमा एक हजार जना उपस्थित रहेको बुझिएको छ भने घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन तर अफगानिस्तानमा तालिबान, इस्लामिक स्टेट लगायत आतंकवादी समूहले बेला बेलामा बम विस्फोट गराउँदै आएका छन्।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...