बालकृष्ण घिमिरे, काभ्रे बनेपा /आज बिहान लगभग पाच बजे काभ्रे पनौती नपा ५ अन्तरगत रहेको अाईडी पार्क बोगटी गाउ नजिकैको रुखमा भर्खरकी जवान चेलीले प्राण त्याग गरेकी छिन | खड्का थरकी महिला गोठमा जादा नजिकैको रुखमा पासोमा मान्छे झुन्डियको देखेपछी उन्ले हारगुहार गरिन | घटना स्थलमा धनेश्वर दर्शन गर्न आउने दर्शनार्थी देखी स्थानियहरुको घुइचो लागो | लौननी कुनचाही असतिले बलात्कार गरेर यस्तो गरेछ | घटनाको प्रकृति हेर्ने सबैले त्यही भने | शरिरमा भएका कपडा बारीको डिलमा राखिएको थियो |
पेण्टी लगाएको र एउटामात्रै स्तन ढाकिएको थियो | पुलिसले समेत सुरुमा यो आत्म हत्या नभै हत्या नै हुनुपर्छ भन्ने अनुमान लगायो होला सायद | सुरुमा अन्तै बाट आएर झुण्डिएकी अथवा कसैले बलात्कार पछी हत्या गरेर त्यहा ल्याएर झुण्ड्याएको होला भन्ने अड्कलवाजी केही बेरमै झुट्टो सावित भयो | गाउलेहरु घटना हेर्न गएझै मृत्ककी आमा पनि घटना स्थलमा को झुण्डिएछ त भन्दै हेर्न पुगिन | नजा भन्दा भन्दै कलेज गही होली भनेकी आफ्नै छोरीको शरीर झुण्डियको अवस्थामा देख्दा आमा मुर्छा परिन |
दश महिना पेटमा बोकी अनेकौ ठक्कर र दु:खले हुर्काएर कलेज पढ्ने बनाएकी छोरीले आफ्नो सामान्य भनाईले सन्सारै छाड्लि भन्ने के थाहाँ ति आमालाई ? छोरी कलेज जान लुगा लगाउदै थीइ | छोरी आज ठुलो एकादशि आज कलेज बिदा छ होला नजाउ भन्दै म आफ्नो काममा लागे तर यस्ले यस्तो पो गरिछ भन्दै आमा भक्कानिदै थिहिन | अन्दाजी १८-२० बर्षकी सुधा केसी नाम गरेकी युवतिले आफ्ले बोक्ने मोवाईल र घडी आफ्नै सिरानमा राखेर घर नजिकैको रुखमा गएर झुण्डिएर संसार बाट बिदा लीइन |
घट्ना स्थलमा देखिएको दृष्य र त्यहा उपस्थित जनसमुदायहरुको भनाईमा आधारित यो घटनाको वास्तविकता के हो ? प्रहरिले छिट्टै सार्वजानिक गर्ला | तर अनाहकमा ज्यान फालेकै हो भने यस्ताहरुलाई श्रद्दान्जली समेत व्यक्त गर्न सकिदैन |
यो समाचार तयार गर्दा गर्दै रोषी बाट पनौती नगरपालिका ५ धनेश्वरमा नयाँ घर बनाएर दुई छोरा र सुधा एउटी मात्रै छोरी लिएर बस्दै गरेका केसी परिवार छोरीको मृत्यु पश्चात बिछिप्त हुँदाहुँदै पनि मृतकको दाहा सस्कारकालागी मृतकको शरीर पोष्मार्टम पस्चात आफ्नो पुरानो गाउ लिएर गहेको बुझिएको छ |