Wednesday 18th March 2026

कृतिम चन्द्रमा बनाउने घोषणा लगत्तै कृतिम सुर्य बनाउने परिक्षणमा चीन


तितोपाटी – चीनका वैज्ञानिकले स्वच्छ ऊर्जा पैदा गर्ने उद्धेश्यका साथ एक कृत्रिम सूर्य बनाउने तयारी गरेका छन्। यो खास सूर्य भन्दा ६ गुणा धेरै तातो हुनेछ । जहाँ खास सूर्यको गर्भ करिब १.५० करोड डिग्री सेल्सियससम्म तातो हुन्छ भने चीनको यो नयाँ सूर्य १० करोड डिग्री सेल्सियससम्म तातो पैदा गर्न सक्नेछ । चीनको एकेडमी अफ साइन्ससँग आवद्ध इन्स्टिच्युट अफ प्लाज फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण भइरहेको छ। यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ्ग टोकामक (इस्ट) नाम दिइएको छ । यसलाई खास सूर्य जस्तै आकारमा डिजाइन गरिँदैछ । यो सौर्यमण्डलको मध्यमा अवस्थित कुनै तारा जस्तै ऊर्जाको भण्डार उपलब्ध गराउन सक्रिय हुनेछ ।

समाचार अनुसार इस्टलाई एक मेसिनमार्फत तयार गरिनेछ । यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिनेछ । तर यसलाई एक दिनका लागि चालू गर्दा १५ हजार डलर खर्च हुनेछ । अहिले यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स द्वीपमा राखिएको छ ।

इस्टलाई मुख्यरुपमा न्युक्लियर फ्यूजनपछिको विज्ञान बुझ्न र पृथ्वीमा ऊर्जाको नयाँ विकल्पका रुपमा प्रयोग गर्नका लागि बनाइएको हो । आगामी दिनमा यो प्रविधि स्वच्छ ऊर्जा पैदा गर्ने अहम स्रोत साबित हुन सक्नेछ ।

अहिलेको समयमा विश्वमा न्युक्लियर फिजन (परमाणु संलयन) मार्फत् ऊर्जा पैदा गरिँदैछ । तर यो नयाँ प्रविधिबाट पैदा हुने आणविक फोहोर भने मानिसका लागि निकै खतरनाक मानिएको छ ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...