Wednesday 18th March 2026

भारतमा शक्तिशाली अाँधी, अहिलेसम्म ३३ जनाको मृत्यु


तितोपाटी – भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।

आँधीले हजारौँ रूखहरू भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन् । घरबारविहीन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरूमा राखिएको छ । मृत्यु भएकामध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुईजना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

‘घरबारविहीन भएकाहरूको संख्या एक लाख ७७ हजार ५ सय पुगेको छ । उनीहरूलाई ३ सय ५१ वटा शिविरमा राखिएको छ,’ एक अधिकारीले पत्रकारहरूसँग भने ।

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गढबढीका कारण भएको हो ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...