Saturday 8th November 2025

भारतमा शक्तिशाली अाँधी, अहिलेसम्म ३३ जनाको मृत्यु


तितोपाटी – भारतको पूर्वी क्षेत्रमा आएको आँधीका कारण ३३ जनाको मृत्यु भएको छ । प्रकोप व्यवस्थापनसम्बन्धी निकायका उच्च अधिकारीहरूले शक्तिशाली आँधीका कारण अरू पनि धेरै क्षति भएको आइतबार जानकारी दिएका छन् । ‘साइक्लोन गाजा’ नाम दिइएको सो आँधी प्रतिघन्टा १२० किलोमिटरको गतिमा आएको समाचारमा जनाइएको छ । आँधी तमिलनाडु राज्यमा शुक्रबार आएको हो ।

आँधीले हजारौँ रूखहरू भाँचिएका छन् भने ठूलो संख्यामा घरहरू भत्किएका छन् । घरबारविहीन भएका हजारौँ स्थानीय बासिन्दालाई शिविरहरूमा राखिएको छ । मृत्यु भएकामध्ये २० जना पुरुष र ११ जना महिला छन् । त्यसैगरी दुईजना बालबालिकाको पनि आँधीमा परेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

‘घरबारविहीन भएकाहरूको संख्या एक लाख ७७ हजार ५ सय पुगेको छ । उनीहरूलाई ३ सय ५१ वटा शिविरमा राखिएको छ,’ एक अधिकारीले पत्रकारहरूसँग भने ।

प्रदेशका मुख्यमन्त्री इडाप्पाडी पालानीस्वामीले पीडित प्रत्येक परिवारलाई १४ हजार डलरका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । अधिकांशको मृत्यु बाढीले बगाएर, घरहरूले च्यापेर र विद्युतीय गढबढीका कारण भएको हो ।


सम्बन्धित शीर्षकहरु

कुवेत - माङसेबुङ सरोकार समाज कुवेतको आयोजनामा किराँत धर्मका महान गुरु समाज सुधारक तथा नेपालको १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द…

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

प्रतिकृयाहरू
...