Sunday 18th January 2026

२ थान पेस्तोल सहित तीन जना भारतीय नागरिक पक्राउ


तीतोपाटी- प्रहरीले सुनसरीमा २ थान पेस्तोलसहित तीन जनालाई फरक फरक स्थानबाट पक्राउ गरेको छ ।

सुनसरी कोशी गाँउपालिका–८ भाण्टाबारी चारकुनेस्थित दशगजा क्षेत्रबाट भारत भिमनगर–४ सुपोल बिहार बस्ने २३ वर्षीय रंजितकुमार मुखियालाई चाईनिज पेस्तोल १ थान १ र खाली म्याग्जिन १ थान सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको हो । बिआर ५० एफ ३२०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक मुखियालाई पेस्तोलसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी सुनसरी कोशी गाँउपालिका–६ ढट्टा टोलबाट कटुवा पेस्तोल १ थान सहित भारत सुपौल भवानिपुर ग्राम पञ्चायत–७ बस्ने १८ वर्षीय बिबेक यादव र सितापुर ग्राम पञ्चायत–८ बस्ने १७ वर्षीय सुरेशकुमार गोहितलाई पनि शनिबार नै प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अन टेष्ट लेखेको मोटरसाइकलमा जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार यादव र गोहितलाई प्रहरीले पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशनको मिति सरेको छ । आगामी फेब्रुअरी २२ देखि २५ सम्मका लागि तय गरिएको…

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

प्रतिकृयाहरू
...