Saturday 20th December 2025

क्यालिफोर्नियाको डढेलोमा मर्नेको संख्या ७१ पुग्यो


तितोपाटी – अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आगलागी भएको शनिबार नवौं दिन पुगेको छ भने आगलागीमा परी हजारौं घरहरु जलेर नष्ट भैसकेका छन्।

अधिकारीले पहिचान भएका केहि व्यक्ति सुरक्षित हुन सक्ने बताएका छन् भने हराइरहेका अन्य व्यक्तिहरुको खोजिकार्य जारी रहेको उनीहरुले जानकारी दिएका छन्।

क्यालिफोर्निया राज्यको इतिहासमै सबैभन्दा घातक रहेको आगलागीले १ सय ४२ हजार एक्कड क्षेत्रफलमा रहेका घर तथा बजारहरु नष्ट गरेको छ भने उक्त क्षेत्रबाट करिब ४७ हजार मानिसलाई उद्धार गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार उक्त क्षेत्रको भ्रमणमा जाने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...