Saturday 7th March 2026

बाख्रा चराउन गएकी किशोरीको बलात्कार पछि हत्या गर्नेहरूलार्इ प्रहरीद्वारा सार्वजनिक


तितोपाटी – गत शनिबार उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी १३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न भएका दुई अभियुक्तहरुलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नामपरिवर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याको अभियोगमा चार दिनको अनुसन्धानपछि आज सार्वजनिक गरिएको हो ।

प्रहरीका अनुसार गत शनिबार बालिका खड्का एक्लै घरनजीकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् । बालिका एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख राईले बताए ।

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजिकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालीम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शवपरीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ । अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ ।

अभियुक्तहरु नेपालको कानूनअनुसार बालक नै भएको कारण पहिला अदालतको परामर्शअनुसार सुधारगृहमा पठाउने तयारी भइरहेको र पछि अदालतको दण्डसजायबमोजिम कारवाही अगाडि बढाउने प्रहरीले बताएको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...