Friday 16th May 2025

विना अनुमति भारतले महाकाली नदीमाथि काठे पुल बनायो


तितोपाटी -भारतले नेपालको अनुमतिबिनै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ । सरकारले २ स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले ३ स्थानमा अस्थायी काठेपुल निर्माण गरेको हो । त्रिदेशीय सीमा नाकासम्म सडक पुर्‍याउने उद्देश्यका साथ भारतले घटियाबगर–लखनपुर–लिपुलेक सडकको निर्माणलाई प्राथमिकता साथ निर्माण गरिरहेको छ । त्यही सडकको सामान ढुवानीका लागि भन्दै भारतले बिनाअनुमति व्याँस गाउँपालिका–२ मा पर्ने तम्पाकु र थीइको भीर तथा मालपामा ३ अस्थायी काठेपुल निर्माण गरेको हो ।

महाकाली नदीका २ स्थानमा काठेपुल निर्माण गर्न सरकारले अनुमति दिए पनि भारतले ३ स्थानमा बनाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुवँरले जानकारी दिए ।

गत वर्ष पनि भारतले नेपाली प्रशासनलाई जानकारी नदिई आधा दर्जनभन्दा बढी स्थानमा काठे पुल निर्माण गरेको थियो । एक देशले अर्को देशको भूमि प्रयोग गर्न अनुमति लिनुपर्ने प्रावधान छ । तर, विभिन्न ३ स्थानमा काठेपुल निर्माण गरिरहेको भारतले नेपालको अनुमतिविनै बाटोसमेत बनाएको छ ।

ठेकेदार साजन बिष्टले काठेपुल नजिकै भारतले बाटोसमेत निर्माण गरिरहेको बताए ।

दोहोर्‍याउँदै गल्ती

गत वर्ष भारतको यस्तो रवैयाको चर्को विरोध भएको थियो । नेपाल–भारत सीमा समन्वय बैठकमा समेत नेपाली अधिकारीहरुले यो विषय उठाएका थिए । बैठकपछि भारतीय प्रशासनले केही पुल आफैं हटाएको थियो भने केही नेपालीहरुले भत्काइदिएका थिए । तर, अघिल्लो वर्ष बलमिच्याइ गरेको भारतले यस वर्ष पनि विनाअनुमति पुल र बाटो निर्माणलाई निरन्तरता दिएको छ ।

भारतले गलत ढंगले नेपाली भूमि प्रयोग गर्दै आए पनि प्रशासन भने मौन देखिएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुँबर अनुमतिविना अर्काे देशको भूमि प्रयोग गर्नु अवैधानिक हुने भए पनि व्यवहारिक रुपमा चलिरहेको हुनसक्ने बताउँछन् । तर, राष्ट्र र राष्ट्रियताको विषय भएकाले यसलाई नेपाली प्रशासनले गम्भीरतापूवर्लक लिनुपर्ने स्थानीयको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

अन्तरिक्ष प्रविधि र लेजर सञ्चारको लागि उल्लेखनीय फड्को मार्दै, चिनियाँ विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूले पृथ्वीबाट उच्च-शक्तियुक्त इन्फ्रारेड लेजर प्रयोग गरेर चन्द्रमाको…

जेनेभा: डाक्टर्स विदाउट बोर्डर्सले बुधबार गाजामा "जानाजानी मानवीय विपत्ति" सिर्जना गरेकोमा इजरायलको आलोचना गर्‍यो र प्यालेस्टिनीहरूको जबरजस्ती विस्थापनमा सहायतालाई सर्तबद्ध…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी १७ अक्टोबर २०२५ शुक्रबारका दिन "कल्याणकारी सांगीतिक धमाका-२०२५" आयोजना गर्ने भएको छ । समाजले…

प्रतिकृयाहरू
...