Tuesday 6th October 2026

रणवीर र दीपिका विवाह बन्धनमा बाँधिए


तितोपाटी – बलिउडको सुन्दर जोडी दीपिका पादुकोण र रणवीर कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय प्रेममा रहेका दीपिका र रणवीरले परिवार र नातेदारको उपस्थितीमा मंगलवार इटालीको लेक कोमोमा विहे गरेका हुन्। विहेको औपचारिक तस्बिर सार्वजनिक गरिएको छैन तर शुभचिन्तक र प्रशंसकले दीपिका र रणवीरको जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्।

विवाहमा परिवार र आफन्तका अलावा बलिउडका हस्ती शाहरूख खानदेखि सञ्जयलीला भन्साली, फराह खानलगायत ४० भन्दा बढी पाहुना सामेल छन् । दीपिकालाई बलिउडमा ‘ओम शान्ति ओम’ मार्फत फराहले नै ब्रेक दिएकी थिइन् भने उनको अपोजिटमा शाहरूख खान थिए ।

दीपिका बलिउड आएको तीन वर्षपछि मात्रै रणवीर ‘ब्यान्ड बाजा बारात’ लिएर छिरेका थिए । छोटो समयमै बलिउडको अग्रपंक्तिका नायकमा दरिन सफल ३३ वर्षीय रणवीरलाई सन् २०१२ मा फोब्र्स म्यागाजिनले भारतका एक सय सेलेब्रिटीको सूचीमा राखेको थियो ।

दीपिका–रणवीरको विवाहलाई लिएर उनका फयानहरू पनि उत्साहित देखिएका छन् । फयान क्लबहरूले समेत विवाहलाई थप उल्लासपूर्ण बनाउन र स्टारप्रति प्रेम दर्साउन विशेष संगीत रात्रि आयोजना गरेका थिए भने मेहन्दीमा पनि ‘दीपवीर’ लेखेका थिए ।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...