Thursday 25th April 2024

रणवीर र दीपिका विवाह बन्धनमा बाँधिए


तितोपाटी – बलिउडको सुन्दर जोडी दीपिका पादुकोण र रणवीर कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। लामो समय प्रेममा रहेका दीपिका र रणवीरले परिवार र नातेदारको उपस्थितीमा मंगलवार इटालीको लेक कोमोमा विहे गरेका हुन्। विहेको औपचारिक तस्बिर सार्वजनिक गरिएको छैन तर शुभचिन्तक र प्रशंसकले दीपिका र रणवीरको जोडीलाई बधाई तथा शुभकामना दिइरहेका छन्।

विवाहमा परिवार र आफन्तका अलावा बलिउडका हस्ती शाहरूख खानदेखि सञ्जयलीला भन्साली, फराह खानलगायत ४० भन्दा बढी पाहुना सामेल छन् । दीपिकालाई बलिउडमा ‘ओम शान्ति ओम’ मार्फत फराहले नै ब्रेक दिएकी थिइन् भने उनको अपोजिटमा शाहरूख खान थिए ।

दीपिका बलिउड आएको तीन वर्षपछि मात्रै रणवीर ‘ब्यान्ड बाजा बारात’ लिएर छिरेका थिए । छोटो समयमै बलिउडको अग्रपंक्तिका नायकमा दरिन सफल ३३ वर्षीय रणवीरलाई सन् २०१२ मा फोब्र्स म्यागाजिनले भारतका एक सय सेलेब्रिटीको सूचीमा राखेको थियो ।

दीपिका–रणवीरको विवाहलाई लिएर उनका फयानहरू पनि उत्साहित देखिएका छन् । फयान क्लबहरूले समेत विवाहलाई थप उल्लासपूर्ण बनाउन र स्टारप्रति प्रेम दर्साउन विशेष संगीत रात्रि आयोजना गरेका थिए भने मेहन्दीमा पनि ‘दीपवीर’ लेखेका थिए ।


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...