Saturday 9th August 2025

उदयपुरमा ७ वर्षीया बालिकालार्इ बलात्कार गरेको अारोपमा १४ वर्षे किशोर पक्राउ


तितोपाटी – सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा उदयपुरका १४ वर्षीय किशोर पक्राउ परेका छन्। जिल्लाको रौतामाई गाउँपालिका ५ की बालिकामाथि जवरजस्ती गरेको आरोपमा सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ।

तिहार भाइटीकाको साँझ घटेको घट्नाको विवरण पीडितका आफन्तले प्रहरीलाई खवर गरेपछि मंगलवार साँझ अभियुक्तलाई पक्राउ गरिएको हो। वडाध्यक्षमार्फत पीडितका आफन्तले प्रहरी गुहारेपछि प्रहरी टोली घट्नास्थल पुगेर अभियुक्त किशोरलाई नियन्त्रणमा लिई अनुसन्धानका लागि सदरमुकाम ल्याएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए।

पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी अभिभाकको जिम्मा लगाइएको छ। बालकलाई भने सुधारगृहमा राखेर प्रहरीले अनुसन्धान थालेको छ। बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष पाण्डव राईले बताए।


सम्बन्धित शीर्षकहरु

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

प्रतिकृयाहरू
...