Saturday 7th March 2026

पाल्पामा टिप्पर दुर्घटनामा परि एक जनाको मृत्यु, अर्को एक दुर्घटनामा २ जना घाइते


तितोपाटी – पाल्पामा टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी मध्यविन्दु नगरपालिका–२ का २८ वर्षीय चालक हुमबहादुर महतोको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ। निस्दी गाउँपालिका–७ ज्यामिरेमा मङ्गलबार राति लु१ख ९२११ नंको टिपर बे्रकफेल भई बिग्रिएर रोकिएको लु१ख १९ नंको टिपरको पछाडिएका ढालामा ठक्कर खाई सडकमा पल्टिँदा चालक महतो घाइते बनेका थिए।

मध्यविन्दु सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ। निस्दीको भुटुको चुनढुङ्गाखानीबाट नवलपरासीको सर्दी जाने लोड टिपरको ब्रेकफेल हुन पुगेको हो।

यसैगरी आज बिहान पाल्पा जिल्ला सदरमुकाम तानसेनको हुलाङदीमा लु१च ९८२२ नंको उकालो चढ्न नसक्दा दुर्घटना भएको छ । पिकअप दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ओभरलोडका कारण उकालोमा चढ्न नसकेर ब्याक हुँदा सडकमा रोकिएको अवस्था रहेको बा१५च ३८३१ स्कारपियोमा क्षति भएको छ। तानसेनको हुलाङदीदेखि विशाल बजारतर्फ जाने क्रममा दुर्घटना भएको हो।रासस


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...