Wednesday 24th September 2025

ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु ३६ भन्दा बढी घाइते


तितोपाटी – उदयपुरको वेलका नगरपालिका ८ रंगकमलमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । उदयपुर र सुनसरीको सिमाना कोशी पुलमा वनभोज खाएर फर्कर्दै गरेको स १ त ५८५० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र ३६ बढी घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा १९ वर्षकी विनिता चौधरी, २० वर्षका इन्द्र चौधरी र २० वर्षका दीपिका चौधरी रहेका छन् ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेका सबै वेलका नगरपालिका २ भागलपुरका स्थानीय हुन् । घाइतेहरुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

तीब्र गतिका कारण दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक नवीन सिंहले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...