Saturday 7th March 2026

पुर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा बस दुर्घटना हुँदा २५ जना घाइते, ३ जना गम्भीर


तितोपाटी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ ।

दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय होमबहादुर पोखरेल, दाङ शान्तिनगर गाउँपालिका–१ बस्ने एक वर्षीय बालक यनुष विक र तुलसीपुर बस्ने २४ वर्षीया लक्ष्मी बस्नेतको अवस्था चिन्ताजनक रहेको उनले जानकारी दिए ।

घाइतेमध्ये १० जनाको अवस्था मध्यम र १२ को अवस्था सामान्य रहेको उनको भनाइ थियोे । घाइते सबैको भरतपुरस्थित नयाँ मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...