Wednesday 18th March 2026

इबोला भार्इरसको कारण कंगोमा २०० भन्दा बढीको मृत्यु, इबोलाको महामारी बढ्दो


तितोपाटी – अफ्रिकी मुलुक कंगोमा पछिल्लो पटक इबोला भाइरस फैलिदा २०० भन्दा धेरैको मृत्यु भएको छ । कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेका छन् । ८ लाख जनसंख्या रहेको उक्त शहरमा अहिलेसम्म २५ हजार मानिसलाई मात्रै इबोलाविरुद्धको भ्याक्सिन लगाइएको छ ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुंगाले सशस्त्र विद्रोही समूहहरुले मेडिकल टिमलाई अवरोध गरिरहेको कारण भ्याक्सिन लगाउने काममा ढिलाइ भएको बताएका छन् । सेप्टेम्बरमा एक सशस्त्र समूहले आक्रमण गरेपछि बेनीमा भ्याक्सिन लगाउने कार्य स्थगित भएको थियो । कंगो वर्षौंदेखि गृहयुद्ध र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ ।

जुलाइबाट देखिएको इबोला भाइरसको पछिल्लो संक्रमण सन् १९७६ मा पहिलोपटक देखापरेपछि दशौं पटक देखिएको जनाइएको छ । पछिल्लो अपडेट अनुसार २९१ जनामा इबोलाको संक्रमण भेटीएको र २०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

शान्ति स्थापनार्थ कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनले इबोला रोगको संक्रमण फैलन नदिन जुधिरहेका स्वास्थ्यकर्मीहरुलाई बाधा नपुर्‍या उन विद्रोही समूहहरुसँग आग्रह गरेका छन् ।

 स्वास्थ्य मन्त्री इलुंगाले मेडिकल टिमले ‘धम्की, दुर्व्यवहार, उपकरणहरु नष्ट गरिने र अपहरण’सम्मको समस्या भोगिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एदानमले कंगोमा देखापरेको वर्तमान महामारीसँग लड्नको लािग सुरक्षाको कमीले ठूलो चुनौती थपेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...