Saturday 20th December 2025

इबोला भार्इरसको कारण कंगोमा २०० भन्दा बढीको मृत्यु, इबोलाको महामारी बढ्दो


तितोपाटी – अफ्रिकी मुलुक कंगोमा पछिल्लो पटक इबोला भाइरस फैलिदा २०० भन्दा धेरैको मृत्यु भएको छ । कंगोको राष्ट्रिय स्वास्थ्य प्राधिकरणका अधिकारीहरुका अनुसार मृत्यु हुनेहरुमा आधाभन्दा धेरै उत्तरपूर्वी किभु क्षेत्रको बेनी शहरका बासिन्दा रहेका छन् । ८ लाख जनसंख्या रहेको उक्त शहरमा अहिलेसम्म २५ हजार मानिसलाई मात्रै इबोलाविरुद्धको भ्याक्सिन लगाइएको छ ।

कंगोका स्वास्थ्य मन्त्री ओली इलुंगाले सशस्त्र विद्रोही समूहहरुले मेडिकल टिमलाई अवरोध गरिरहेको कारण भ्याक्सिन लगाउने काममा ढिलाइ भएको बताएका छन् । सेप्टेम्बरमा एक सशस्त्र समूहले आक्रमण गरेपछि बेनीमा भ्याक्सिन लगाउने कार्य स्थगित भएको थियो । कंगो वर्षौंदेखि गृहयुद्ध र राजनीतिक उथलपुथलबाट गुज्रिरहेको छ ।

जुलाइबाट देखिएको इबोला भाइरसको पछिल्लो संक्रमण सन् १९७६ मा पहिलोपटक देखापरेपछि दशौं पटक देखिएको जनाइएको छ । पछिल्लो अपडेट अनुसार २९१ जनामा इबोलाको संक्रमण भेटीएको र २०१ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

शान्ति स्थापनार्थ कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनले इबोला रोगको संक्रमण फैलन नदिन जुधिरहेका स्वास्थ्यकर्मीहरुलाई बाधा नपुर्‍या उन विद्रोही समूहहरुसँग आग्रह गरेका छन् ।

 स्वास्थ्य मन्त्री इलुंगाले मेडिकल टिमले ‘धम्की, दुर्व्यवहार, उपकरणहरु नष्ट गरिने र अपहरण’सम्मको समस्या भोगिरहेको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एदानमले कंगोमा देखापरेको वर्तमान महामारीसँग लड्नको लािग सुरक्षाको कमीले ठूलो चुनौती थपेको बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...