Monday 13th April 2026

श्रीलंकाका राष्ट्रपतिद्वारा संसद भंग गर्ने अादेश


तितोपाटी – श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन्।

बीबीसीका अनुसार श्रीलंकामा चलिरहेको राजनीतिक संकटकाबीच सिरिसेनाकाे संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ। जसको आधिकारिक सूचना जारी भइसकेको छ र अब जनवरीमा आम चुनाव हुनसक्ने सम्भावना छ।

यद्यपि, उनको आदेशका विरुद्ध सर्वोच्च अदालतमार्फत् चुनौती दिनसक्ने विकल्प बाँकी नै रहेको बताइएकाे छ। उता प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रानिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी (यूएनपी)ले राष्ट्रपतिसँग यस्तो निर्णय गर्ने शक्ति नभएको प्रतिकृया दिएकाे छ।

गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रानिल विक्रमासिंघे र उनको मन्त्रिमण्डललाई बर्खास्त गरेर पूर्वराष्ट्रपति महिंदा राजापक्षेलाई नयाँ प्रधानमन्त्री बनाएका थिए।

उनको पार्टी युएनपीका सांसद अजित परेराले संसदलाई भंग गर्ने कदम अवैध भएको भन्दै यो रद्द हुने विश्वास व्यक्त गरेका छन्।

बीबीसीसँगको कुराकानीमा उनले भने, ‘हामी निर्वाचन आयोगसँग देशमा रक्तपातपूर्ण संघर्षबिना शान्तिपूर्ण तरकािले यो मुद्दाको समाधान गर्न अनुरोध गर्दछौं।’


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...