Wednesday 18th March 2026

अमेरिकामा रात्री क्लबमा गोली चल्दा १२ जनाको मृत्यु


तितोपाटी – संयुक्त राज्य अमेरिकाका लस एन्जल्सस्थित एउटा रात्रिक्लवमा गोली प्रहार हुँदा एक प्रहरी अधिकारीसहित कम्तिमा १२ जनाको ज्यान गएको बिहीबार क्यालिफोर्नियाको प्रहरीले जनाएको छ ।

घटनामा झण्डै एक दर्जन व्यक्ति घाइते भएका छन् । स्थानीय समयअनुसार बुधबार राती ११ः२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित ‘बोर्डरल्याण्ड बार एण्ड ग्रील’ नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो ।
राति भएको घटनामा सबैजना मदिरालयमा मारिएका भेटिएको प्रहरीले जनाएको छ । अमेरिकामा दुई हप्ताभित्रै सामूहिक गोली आक्रमण भएको छ । पहिल्लो आक्रमणमा प्रहरी अधिकारीको मृत्यु भएको पाइएको छ भने आक्रमणकारी पनि घटनास्थलमा नै मारिएको अवस्थामा भेटिएका छन् ।

तर समाचार तयार पार्दासम्म आक्रमणकारीको प्रहरी कारबाहीमा गोली लागेर मृत्यु भएको हो वा उसलाई अन्य कसैले प्रत्याक्रमण गरेको थियो अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार आक्रमणकारीले आफैलाई समेत गोली हानेको हुनसक्ने बताइएको छ ।

भेन्चुरा काउन्टीका सेरिफ जिअफ डिनले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार मारिनेमा बन्दूकधारी आक्रमणकारी पनि रहेका छन् । आक्रमणकारी ती व्यक्तिको पहिचान खुलिसकेको छैन ।
प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन नसकेको तर अनुसन्धान जारी रहेको डिनले बताए ।

घटनामा आतङ्ककारी समूहको सम्लग्नता रहेको कुनै आधार फेला परिनसकेको र यसबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले अधिकारी डिनले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...