Tuesday 5th November 2024

सरकारले देवकोटाको घरलार्इ संग्रहालय बनाउने


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा आफ्नो जीवनकालमा बसेको निवासलाई स्मृति संग्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले तिहारको लक्ष्मीपूजाको दिन आफ्नो ट्वीटमार्फत यस्तो घोषणा गरेका हुन् । ओलीले देवकोटा विश्वस्तरीय कवि भएको भन्दै उनको सम्मानमा यस्तो काम गर्न लागेको पनि बताएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मुल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रुपमा स्थापित गरिनेछ । जहाँ, उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् ।’

लक्ष्मी पूजाको दिन महाकवि देवकोटाको स्मृतिमा काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी भएर फर्केपछि यस्तो घोषणा गरेका हुन् । उक्त कार्यक्रममा समेत उनले कवि देवकोटा जस्ता वहुप्रतिभाशाली कवि विश्वमै कम भएको दावी गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

चाहे त्यो भारतीय मूलकी कमला ह्यारिस होस् वा डोनाल्ड ट्रम्प । यी दुईमध्ये को बन्ला अमेरिकाको राष्ट्रपति, यो तस्विर मंगलबार…

प्रजातन्त्र सहित को राजतन्त्र भएको स्पेनमा भरखरै गएको बाढी पहिरो ले धेरै धनजनको क्षति भयो । त्यहाँ सरकारले आफ्नो काम…

MuzainiExchange मुजैनी एक्सचेन्ज कम्पनीले बयान को-अपरेटिभ २, कुवैती जामिया एरियामा नयाँ शाखाको समउद्घघाटन र रेमिट्यान्स सेवाको विशेष सुभराम्भ गरेको छ…

प्रतिकृयाहरू
...