Saturday 17th January 2026

सर्लाहीमा छुट्टाछुट्टै घटनामा २ बालकको मृत्यु, एक किशोर घाइते


तितोपाटी – सर्लाहीमा छुट्टाछुट्टै घटनामा दर्इ जना बालकको मृत्यु भएको छ भने एक किशोर घाइते भएका छन् । दिपावलीका लागि घरमा झिलिमिली बत्ती राख्ने क्रममा बुधबार जिल्ला स्थित छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकको मृत्यु भएको हो भने एक बालकको जलेर मृत्यु भएको हो । त्यस्तै घाइते भएका किशोर छतबाट खसेर भएका हुन।

सदरमुकाम स्थित मलंगवा नगगपालिका–१० निवासी रामेश्वर साहका ७ बर्षीय छोरा निसान्त कुमार साहको करेन्ट लागेर मृत्यु भएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। आफ्नै घरमा झिलिमिली बत्ती हाल्ने क्रममा करेन्टको झड्का लागेर घरको छतबाट खसेका निसान्तको उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा गाडीभित्रै जलेर एक बालकको मृत्यु भएको छ। दीपावलीको अवसरमा मैनबती बालेर सोही गाडीमै राखेर सुतेको अवस्थामा रामलाल रायको १२ वर्षीय छोरा धनिकलालको जलेर मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए।

त्यसै गरि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा पनि झिलिमिली बत्ती राख्ने क्रममा घरको छतबाट लडेर एक किशोर घाईते भएका छन्। लालबन्दी नगरपालिका–७ जनवादी चोक निवासी कुमार बिकका १७ वर्षीय छोरा पुसल बिक घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लालबन्दी स्थित यूनाईटेड होटलमा कामगर्ने बिक होटलमा झिलिमिली बत्ती फिट गर्ने क्रममा होटलको छतबाट लडेका हुन्। बिकको लडेर हात भाँच्चिएको छ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...