Friday 6th March 2026

अोखलढुंगामा अागलागी हुँदा ४ घर सखाप, पशु चाैपाय समेत जलेर मरे


तितोपाटी – ओखलढुंगा  जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२, वाक्सामा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् । आगोमा परेर पशु चौपाया तथा घरका धनमाल पूर्ण रुपमा नष्ट भएको छ । आगो नियन्त्रण गर्ने क्रममा एक जना घाइते भएका छन् । घाइते हुनेमा वाक्साका ६५ वर्षीय अमृतबहादुर कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीका दुवै हात सामान्य जलेका छन् ।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको स्थानीय बासिन्दाले बताएका छन् । बच्चाले महुरीलाई आगो लगाउन खोज्दा घरबाट शुरु भएको बताइएको छ । आगोले नृपबहादुर कार्कीको घर तथा दुई भैंसी जलेका छन् । त्यस्तै जीतमाया राईको घर, गोठ र ९ ओटा बाख्रा जलेर मरेका छन्, धीरेन्द्र कार्की र अमृतबहादुर कार्कीका पनि घर जलेका छन् ।

मंगलबार विहान ११ः३० बजे शुरु भएको आगलागी अपराह्न ४ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सुचना अधिकारी राजीव श्रेष्ठले बताए । घटनास्थल प्रहरी चौकीबाट १० किलोमिटर टाढा रहेकाले तत्काल प्रहरी पुग्न कठिन भएको थियो । स्थानीय र प्रहरी समेतको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगाले एक करोड हाराहारीमा क्षति भएको अनुमान गरिएको छ । आगलागी पीडितहरु छिमेकी र आफन्तको सहारामा बसेका छन् । पीडितहरुलाई स्थानीय सरकार र सरोकारवाला निकायमा राहत दिलाउन पहल गरिने वडा अध्यक्ष उमेश कार्कीले बताए ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...