Tuesday 31st March 2026

उमेश कुमाललाई आशिष परियार “झिल्के”को पहलमा ७८ हजार भन्दा बढी आर्थिक सहयोग


तितोपाटी – समाजसेवी आशिष परियार झिल्केको पहलमा तातोपानीले जलेका इश्मा गा. पा.३ का उमेश कुमालकाे उपचारमा संकलित रकम ७८,५५५ रुपैयाँ हस्तान्तरण गरिएको छ  ।

गत साउन ५ गते ताताेपानीले जलेर गुल्मी अस्पतालमा पिडाले छट्पटीएकाे ४ बर्षिय उमेश कुमालकाे परिवारमा अार्थिक अबस्था कमजोर भए पछि परिवारबाट छाेराेकाे ज्यान बचाइदिन परिवारबाट सहयोग अपिल गरिएकाे हाे ।

पिडित बालक पिडाले छट्पटिएकाे भिडियाे फेसबुकमा देखेपछि । राेजगारीकाे शिलशिलामा मलेसियामा कार्यरत बेनी नगरपालिका – १ अर्जम म्याग्दीका अाशिष परियार- झिल्केले “उमेश कुमाल बचाउ अभियान” फेसबुकबाटै चलाएर देशबिदेश ७८ हजार ५ सय ५५ रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेका छन ।

उमेश बचाउ अभियानमा अाशिषलाई साथ दिन गुल्मीका उदायमान गायक तथा सर्जक ( अाँशुकाे कारखाना ) अर्जुन कुवरले साथ दिनु भएकाे हाे । हाल रेशुङ्गा एफ.एम. १०६.२ मेघाहर्जमा कार्यरत गायक अर्जुनले बिरामीलाई भेटेर २०७५ / ७ / २० गतेका दिन उक्त रकम हस्तान्तरण गरेका हुन । जिल्ला अस्पताल गुल्मीमा ICU ब्यबस्था नभए पछि पिडित बालकलाई मिशन अस्पताल तानशेन पाल्पामा उपचार गरिएकाे सामाजिक अभियान्ता अाशिष परियारले बताए ।

प्रदेशकाे पीडा सँगसँगै जन्म भुमीबाट टाढा रहेर पनि फेसबुकलाई सदुपयोग गरेर दर्जनाै बिरामीलाई अभियान चलाएर सहयोग गर्दै अाएकाे अाशिष परियारले देश बिदेशबाट अाफ्नाे गाँस काटेर सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद दिएका छन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...