Monday 1st December 2025

सन्नी लियोन अब नेपाली फिल्ममा


तितोपाटी – बलिउड अभिनेत्री सन्नी लियोनले अब नेपाली फिल्ममा अभिनय गर्ने भएकी छन् ।

‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी हुन् । छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुने छ ।

सन्नीले हालै आफ्नो ट्वीटरमार्फत पनि आफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी अनुभुत गरेको बताएकी छन् । ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुने बताइएको छ ।

बलिउडमा प्रभावशाली भुमिका नपाइरहँदा सन्नीले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी हुन् । उनी यसअघि पनि काठमाडौंमा आएर आफ्नो प्रस्तुती दिइसकेकी छन् ।

सन्नी लियाेनले ट्वीटरमा फिल्ममा अभिनय गर्न पाएकाेमा खुसी लागेकाे भन्दै यस्ताे लेखेकी छन् ः


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले आइतबार सर्वशक्तिमान सैन्य कानुनी उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा कानूनको शासनको लागि सम्भावित "दूरगामी परिणामहरू" बारे संयुक्त राष्ट्र मानव अधिकार…

यस सप्ताहन्तमा बेरुत आइपुग्ने पोपलाई सन्देश दिँदै लडाकू समूह हिज्बुल्लाहले शनिबार पोप लियो चौधौंलाई लेबनान विरुद्ध इजरायली "अन्याय र आक्रामकता"…

कुवेतस्थित नेपाली दूतावासमा नयाँ प्रथम सचिव चण्डिका पोखरेल र श्रम सहचारी जनार्दन गौतमले औपचारिक रूपमा काम सुरु गरेका छन्। दुवै…

प्रतिकृयाहरू
...