Friday 6th March 2026

भुटानमा नयाँ मन्त्रिपरिषद गठनः नेपालीभाषी २ जना मन्त्री


तितोपाटी – भुटानमा चयन भएको नयाँ मन्त्रिपरिषदमा २ जना नेपालीभाषी मन्त्रीसमेत चयन भएका छन् । संसदमा बहुमत हासिल गरेको पार्टी ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले शनिबार अपरान्ह राजधानी थिम्पुमा मन्त्रिपरिषदका सदस्यको नामावली सार्वजनिक गरेको थियो ।

सो मन्त्रिपरिषदमा पर्ने २ जना नेपालीभाषी सांसद जयवीर राई र लोकनाथ शर्मा रहेका छन् । राईलाई शिक्षा मन्त्रीमा तथा शर्मालाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्ने निर्णय भएको जनाइएको छ । पार्टीका सभापति डा. लोटे छिरिङलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । डिएनटीले ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत कोटा नेपालीभाषीका लागि छुट्याएको हो ।

नेपालीभाषी मन्त्री

सार्वजनिक गरिएको ११ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरुमा डाशो शेरुव ग्याल्तसेन (गृह तथा संस्कृति), टाण्डी दोर्जे (परराष्ट्र), नाम्गे छिरिङ (अर्थ), जयबीर राई (शिक्षा), लोकनाथ शर्मा (आर्थिक मामिला), उगेन दोर्जे (श्रम तथा मानव संशाधन), डेचेन वाङमो (स्वास्थ्य), कर्मा वाङदी (सूचना तथा सञ्चार), दोर्जे छिरिङ (मानव बसोबास) र येशे पिन्जोर (कृषि तथा वन) रहेका छन् ।

भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा डिएनटीले बहुमत हासिल गरेको थियो । संसदका ४७ स्थानमध्ये ३० स्थानमा डिएनटीले जित निकालेसँगै उसैको सरकार बनाउने कसरत सुरु भएको थियो । हाल डिएनटीका ३० सांसदमध्ये ९ जना नेपालीभाषी रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...