Wednesday 21st January 2026

भुटानमा नयाँ मन्त्रिपरिषद गठनः नेपालीभाषी २ जना मन्त्री


तितोपाटी – भुटानमा चयन भएको नयाँ मन्त्रिपरिषदमा २ जना नेपालीभाषी मन्त्रीसमेत चयन भएका छन् । संसदमा बहुमत हासिल गरेको पार्टी ड्रुक न्यमन रुव शोग-पा (डिएनटी) ले शनिबार अपरान्ह राजधानी थिम्पुमा मन्त्रिपरिषदका सदस्यको नामावली सार्वजनिक गरेको थियो ।

सो मन्त्रिपरिषदमा पर्ने २ जना नेपालीभाषी सांसद जयवीर राई र लोकनाथ शर्मा रहेका छन् । राईलाई शिक्षा मन्त्रीमा तथा शर्मालाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्ने निर्णय भएको जनाइएको छ । पार्टीका सभापति डा. लोटे छिरिङलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । डिएनटीले ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत कोटा नेपालीभाषीका लागि छुट्याएको हो ।

नेपालीभाषी मन्त्री

सार्वजनिक गरिएको ११ सदस्यीय मन्त्रिपरिषदका सदस्यहरुमा डाशो शेरुव ग्याल्तसेन (गृह तथा संस्कृति), टाण्डी दोर्जे (परराष्ट्र), नाम्गे छिरिङ (अर्थ), जयबीर राई (शिक्षा), लोकनाथ शर्मा (आर्थिक मामिला), उगेन दोर्जे (श्रम तथा मानव संशाधन), डेचेन वाङमो (स्वास्थ्य), कर्मा वाङदी (सूचना तथा सञ्चार), दोर्जे छिरिङ (मानव बसोबास) र येशे पिन्जोर (कृषि तथा वन) रहेका छन् ।

भुटानमा केही साताअघि सम्पन्न निर्वाचनमा डिएनटीले बहुमत हासिल गरेको थियो । संसदका ४७ स्थानमध्ये ३० स्थानमा डिएनटीले जित निकालेसँगै उसैको सरकार बनाउने कसरत सुरु भएको थियो । हाल डिएनटीका ३० सांसदमध्ये ९ जना नेपालीभाषी रहेका छन् ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...