Saturday 20th December 2025

इटालीमा शक्तिशाली अाँधी, १० जनाको मृत्यु


तितोपाटी – इटालीमा मङ्गलबार आएको आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन्। दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन्।

हिमबर्षाका कारण यात्रामा हिँडेका सवारी चालक तथा यात्रुहरूले गाडीभित्रै सुतेर रात विताएका छन्। आँधीका कारण रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए।

इटालीको भेनिस शहरमा १८० किलोमिटरको गतिमा आएको हुरी र व्यापक बर्षाका कारण कतिपय गहिरा क्षेत्रहरू डुबानमा परेका छन्। मृत्यु हुनेमध्ये विदेशी नागरिक रहेको सूचना नपाइएको इटालीका अधिकारीले जनाएका छन्। हिमबर्षाका कारण स्वीट्जरल्याण्डको स्टेलभियो पास क्षेत्रमा पर्यटक तथा होटेल कर्मचारीसहित १७० जना फसेका बताइएको छ भने उनीहरूको उद्धारका लागि उद्धारकर्मीहरूलाई खटाइसकिएको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...