Friday 17th April 2026

अस्पतालको उपचार खर्च तिर्न नसक्दा छोरीको शव अस्पतालमै, अामा अस्पतालमै बन्धक


तितोपाटी – उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालले आमा छोरीलार्इ बन्धक बनाएको छ । सप्तरी भारदहकी रेनुदेवी खड्गाकी तीन महिने छोरी निशाकुमारीको उपचार खर्च तिर्न नसक्दा रेनुदेवी र उनकी आमा सीतादेवी मण्डल अस्पतालमा बन्धक भएका हुन् । असोज ३१ गते छोरीलाई उच्च ज्वरो आएपछि रेनुदेवीले स्थानीय क्लिनिकमा जचाएकी थिइन् । क्लिनिकले निमोनिया भएकाले ठूलो अस्पताल लैजान भनेपछि कोशी अञ्चल अस्पताल ल्याएका थिए । तर, कोशी अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि निशालाई आरके चिल्ड्रेन हस्पिटल विराटनगरमा भर्ना गरिएको थियो ।

अस्पतालमा ११ दिन भेन्टिलेटरमा राखेपछि आइतबार बच्चाको मृत्यु भएको घोषणा गरेको छ  तर उपचार खर्च तिर्न नसक्दा रेनुदेवी घर जान पाएकी छैनन् । एकातिर अाफ्नो सन्तान गुमाउनु अर्को तिर अस्पतालको उपचार खर्च नतिरी अस्पतालबाट छुट्कारा नपाउँदा ख्याल पीडा भएको छ र ! अस्पतालमा उपचार गराउँदाको खर्च १ लाख ७० हजार रुपैयाँको बिल उठेको छ । ‘अस्पतालमा ६० हजार र फार्मेसीमा २० हजार बुझाएका छौं’ सीतादेवीले भनिन्, ‘अझै १ लाख १६ हजार दिनुपर्छ भन्छन् ।’

पीडितहरूसँग अस्पताललार्इ बुझाउने अरू पैसा नभएको अस्पतालले रकम नबुझाएको भन्दै मृतकको शव दिएको छैन । अस्पतालको बिल तिर्न नसक्दा मृत अवस्थामा रहेकी नातीनीको सदगद गर्न नपाएको उनले बताइन् ।

अस्पतालले तीन दिनदेखि आमा छोरीको निरगानीका लागि सुरक्षा गार्ड परिचालन गरेको छ । रेनीका श्रीमान रविशंकर बैदेशिक रोजगारीका लागि मलेसियामा छन् ।

अस्पताल प्रशासनले उपचार खर्च नतिरेका कारण मृतकका आफन्तलाई रोकेर राखेको स्वीकार गरेको छ । अस्पतालमा मृतक शिशुकी मावली पक्षका मान्छे मात्र उपस्थित छन् । घर पक्षका आफन्त भने शुल्क तिर्न पर्छ भनेर अस्पतालबाट गइसकेको अस्पताल प्रशासन प्रमुख धिरज मैनालीले जानकारी दिए । अस्पतालले केही शुल्क छुट दिने तर, बाँकी सबै रकम मिनाहा गर्न नसक्ने समेत उनले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

उत्तर कोरियाले आफ्नो आणविक हतियार उत्पादन क्षमतामा तीव्र वृद्धि गरिरहेको भन्दै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले गम्भीर चिन्ता व्यक्त…

सभामुख डोलप्रसाद (डीपी) अर्यालको सरकारी गाडीलाई सिंहदरबार पुग्ने क्रममा ट्राफिक प्रहरीले चिट काटेको घटना अहिले निकै चर्चामा आएको छ। प्रारम्भिक…

प्रतिकृयाहरू
...