Saturday 20th December 2025

बंगलादेशकी पुर्वप्रधानमन्त्री वेगम खालिदा जियालार्इ थप ७ वर्ष जेल सजायँ


तितोपाटी – बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ। खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेस्नालिस्ट पार्टी (बिएनपी)का कार्यकर्ताबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बिएनपीको नेतृत्व गरिरहेकी छन्।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्दी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । यसअघि भ्रष्टाचारको आरोपमा जियामाथि पाँच वर्षको जेल सजाय तोकिएको थियो । न्यायाधीश मोहम्मद अख्तरुज्जमानले सो मुद्दामा दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ । पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको बताइएको छ । जियाको पार्टी बिएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन तर उनका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन्।

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो। जियामाथि लगाइएका हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अन्य मुद्दा पनि अदालतमा विचाराधीन छन्। ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ। उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताइएको छ। जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको थियो।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...