Monday 16th February 2026

बंगलादेशकी पुर्वप्रधानमन्त्री वेगम खालिदा जियालार्इ थप ७ वर्ष जेल सजायँ


तितोपाटी – बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा थप सात वर्षको जेल सजाय तोकेको छ। खालिदा जियाका समर्थकले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बंगालादेश नेस्नालिस्ट पार्टी (बिएनपी)का कार्यकर्ताबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बिएनपीको नेतृत्व गरिरहेकी छन्।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्दी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । यसअघि भ्रष्टाचारको आरोपमा जियामाथि पाँच वर्षको जेल सजाय तोकिएको थियो । न्यायाधीश मोहम्मद अख्तरुज्जमानले सो मुद्दामा दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ । पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको बताइएको छ । जियाको पार्टी बिएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन तर उनका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन्।

जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो। जियामाथि लगाइएका हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अन्य मुद्दा पनि अदालतमा विचाराधीन छन्। ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ। उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताइएको छ। जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको थियो।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...