Saturday 17th January 2026

गोरूसिंगेमा बस र ट्रिप्पर ठोक्किंदा ३ जनाको मृत्यु, दर्जनाै घाइते


तितोपाटी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि २ गोरुसिंगेमा हिँजो साेमबार बस र ट्रिपर एक अापसमा ठाेक्किदा ३ जनाकाे मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन्। दाङबाट बुटवल आउँदै गरेको ना ६ ख २५०० नम्बरको बस र विपरित दिशामा जाँदै गरेको लु २ ख १४७७ नम्बरको ट्रिपर एक आपसमा ठोक्किएका थिए।

घटनामा परी मृत्यु हुनेमा बसमा सवार दाङ गढवा गाउँपालिकाका दुर्गा सुनारका ४ बर्षे छोरा शुसान्त , सोही गाउँपालिका ४ का २५ बर्षीया पुजा नेपालीको मृत्यु भएको र एकजनाकाे भने पहिचान खुल्न नसकेकाे जिल्ला ट्राफिक कार्यालयले जनाएकोे छ।

घटनामा ३१ जना घाइते भएका छन। त्यस मध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरिक्षक रबि रावलले बताए। घाईतेहरुको लुम्बिनी र चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ। घटनामा सामान्य घाइते भएका बस र ट्रिपरका चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

प्रतिकृयाहरू
...