Monday 30th March 2026

नेपाल मगर संघ कनकाइ नगर समिति द्वारा दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न


तितोपाटी – नेपाल मगर संघ कनकाइ नगर समितिले आउदै गरेको दिपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

झापाको पर्यटकीय क्षेत्र जामुना खाडीमा अवस्थित सामुदायिक वनको सभाहलमा नेपाल मगर संघ कनकाइ  नगरका अध्यक्ष राज कुमार आले मगरको सभापतित्वमा सप्पन्न कार्यक्रममा कन्काई नगरपालिकाका उपमेयर मन्जु प्रसाई प्रमुख अतिथि रहेका थिए भने अतिथिहरुमा वडा अध्यक्ष पर्शुराम गिरी , रुद्र प्रसाद चिमरिया, गोबिन्द पौडेल, जामुना खाडी, जामुना बारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला, सुके डागी सामुदायिक वनका अध्यक्ष भक्त बहादुर पौडेल, समाजसेवी शेर बहादुर थापा, इन्द्र मगर, गितकार तथा संगीतकार शिव शेखर थापा रहेका थिए ।

कार्यक्रम राष्ट्रिय गान बाट शुरूवात भएको थियो भने सभापति, प्रमुख अतिथि र अतिथिहरुले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा मेघ राज आले मगरले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न समयमा कला र सस्कृती झल्काउने  साँस्कृतिक प्रस्तुतिले थप रौनकता छाएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्जु प्रसाईं , वडा अध्यक्षहरु पर्शुराम गिरी , रुद्र प्रसाद चिमरीया , गोबिन्द पौडेल , जामुना खाडि तथा जामुना बारी सामुदायिक वनका अध्यक्ष ख्याम सिटौला , सुके डागी सामुदायिक वनका अध्यक्ष भक्त बहादुर पौडेल , समाजसेवी शेर बहादुर थापा , ईन्द्र मगर , गितकार तथा संगीतकार शिव शेखर थापा र सुर्य बहादुर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम संचालन संघका उपाध्यक्ष लिला थापा मगर र सचिब चन्द्र थापा मगरले संयुक्त रुपमा गरेका थिए । कार्यक्रमका सभापति राज कुमार आले मगरले कार्यक्रम सब्य र भब्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, अतिथि, समाजसेवी , बुद्धिजीवी, भद्रभलाद्मि, व्यबसायी, पत्रकार, कलाकार साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...