Saturday 20th December 2025

अमेरिकामा प्रार्थना गरिरहेकाहरूमाथि गोली चलाउँदा ११ जनाको मृत्यु


तितोपाटी – अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एकजना बन्दुकधारीको आक्रमणबाट ११ जनाको ज्यान गएको छ। ट्री अफ लाइफ नामक एउटा यहुदी प्रार्थनाघरमा स्थानीय समय अनुसार शनिवार प्रार्थना भइरहँदा ती बन्दुकधारीले गोली चलाएका थिए। पछि बन्दुकधारीलाई नियन्त्रणमा लिइएको विवरणहरूमा जनाइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ‘सबै यहुदीहरू मर्नुपर्छ’ भन्दै बन्दुकधारीले गोली चलाएका थिए। राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ‘ठूलो हत्याकाण्ड’मा ‘थुप्रै मान्छे’ मारिएको प्रतिक्रिया दिएका छन्।

सन्दिग्ध हमलाकारी ४६ वर्षीय रोबर्ट बोवर्स भएको पहिचान गरिएको छ। घटनामा घाइते भएका ती हमलाकारीको उपचार भइरहेको अधिकारीहरूले बताएका छन्। आक्रमणमा घाइते भइ उपचाररत दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सङ्घीय अनुसन्धानकर्ताहरूले गोलीकाण्डलाई घृणाका कारण भएको अपराधका रूपमा हेरिरहेका छन्।

द एन्टी डिफेमेशन लिग नामक एउटा गैरसरकारी यहुदी संस्थाले भनेको छ, “संयुक्त राज्य अमेरिकाको इतिहासमा यहुदी समुदायमाथिको यो सबैभन्दा हिंसात्मक हमला भएको हाम्रो विश्वास छ।”

राष्ट्रपति ट्रम्पले घटनास्थलको अवलोकन गर्ने बताएका छन्।

घटनापछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आक्रमणकारी आफ्ना समर्थकमध्येको एक हुन नसक्ने बताउँदै तिनलाई ‘अस्वस्थ’को संज्ञा दिए।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...