Monday 16th March 2026

काठमाडौंबाट नेपाल गोल्डेन आइडल छैटौं संस्करणको अडिसन


तिताेपाटी – गायन तथा नृत्य प्रतिभा खोजी गर्ने ‘नेपाल गोल्डेन आइडल’को छैटौं संस्करणको अडिसन काठमाडौबाट प्रारम्भ हुने भएको छ ।

आयोजक गोल्डेन स्टार मल्टिमिडियाका अध्यक्ष सरन गुरुङले यो संस्करणको अडिसन काठमाडौबाट सुरु गर्न लागेको बताए ।

‘काठमाडौं सहित प्रतियोगिताको अडिसन नेपालका विभिन्न ३२ जिल्लामा हुनेछ’ उनले  भने ‘अन्तिम अडिसन भने २१ पुसमा पोखरामा राखिनेछ ।’

अडिसनमा सहभागीमध्ये हरेक जिल्लाबाट गायनतर्फ पाँच तथा नृत्यतर्फ पाँच गरि कुल ३ सय २० जना प्रतियोगी पहिलो चरणमा छान्ने आयोजकको योजना रहेको छ ।

अडिसन मार्फत छानिएका प्रतियोगिहरु विभिन्न १२ राउन्ड मार्फत नृत्यतर्फ ५ तथा गायनतर्फ ५ गरी १० जनाले फाइनलमा  प्रवेश पाउनेछन् ।

आगामी चैत ३० गते शनिबार पोखरा सभागृहमा हुने प्रतियोगिताको ग्रान्ड फिनामा अन्तिम ५ मध्यबाट उतकृष्ट एकमा पर्ने विजेताले १० लाख नगद सहित बिभिन्न पुरस्कार र अवसर हात पार्ने मल्टिमिडियाका अध्यक्ष गुरुङले जानकारी दिए ।

राताेपाटी


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...