Friday 19th September 2025

साउदीका युवराज पहिलो पटक बोले पत्रकार खसोग्गीको हत्यामा


बीबीसी

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले टर्कीमा साउदी पत्रकार जमाल खसोग्गीको हत्याको मामलामा जिम्मेवार सबै ‘अपराधी’ लाई सजायँ दिइने बताएका छन् ।

राजधानी रियादमा एक बिजनेस फोरममा बोल्दै मोहम्मद बिन सलमानले भने, ‘साउदीका सबै जनताका लागि यो अपराध दुःखदायी हो ।’ साथै उनले टर्कीसँग कुनै मनमुटाव नगर्ने बताएका छन् ।

युवराजले के भने ?

दूतावासमा खसोग्गीको हत्याको कुरा साउदीले स्विकारेपछि मोहम्मद बिन सलमानको यो पहिलो सार्वजनिक टिप्पणी हो ।

उनले भने, ‘यो हत्या एक जघन्य अपराध हो जसलाई उचित ठहराउन सकिँदैन । उनको हत्याका जो संलग्न छन्, उनीहरुलाई जिम्मेवार ठहराइनेछ र अन्त्यमा न्यायको नै जीत हुनेछ ।’

उनले टर्कीको आरोपबीच साउदी र टर्कीको राम्रो सम्बन्ध भएको बताएका छन् । उनले भने, ‘धेरैले यो पीडादायी स्थितीको लाभ उठाएर साउदी अरब र टर्कीबीच मनमुटाव पैदा गर्ने कोसिस गरिरहेका छन् र म ती व्यक्तिहरुलाई यो भन्न चाहन्छु कि तपाईंहरुले यस्तो कहिले पनि गर्न सक्नुहुन्न ।’

‘मनमुटाव कहिले पनि पैदा हुने छैन ।’

तीन दिवसीय उक्त बिजनेस फोरमलाई फ्युचर इन्भेस्टमेन्ट इनिशिएटिभ नाम दिइएको थियो तर यसलाई स्विटजरल्याण्डको बिजनेस फोरमको रुपमा ‘दावोस इन द डेजर्ट’ भनिँदैछ ।

साउदीका लागि यो व्यवसायिक फोरमलाई निकै महत्वपूर्ण मानिएको छ तर खसोग्गीको हत्यापछि विभिन्न पश्चिमी व्यवसायी र नेतालाई यसलाई बहिष्कार गरिसकेका छन् ।

साउदीका ऊर्जामन्त्री खालिद अल–फलिहले मंगलबार खासोग्गीको मुद्दाले संकटको स्थिती पैदा गरेको स्विकारेका थिए ।

यस्तै, मंगलबार युवराजले आफ्ना पिता किंग सलमानसँग खासोग्गीको परिवारसँग भेट गरेका थिए ।

खसोग्गीको हत्यामा युवराजको भूमिका भएको कुरालाई साउदीले नकार्दै आएको छ ।

अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो ।

साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्विकार गरेको थियो तर पछि खसोग्गीको सोधपुछको क्रममा मृत्यु भएको बताएको थियो ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले पत्रकार एवं साउदी सरकारका आलोचक खसोग्गीको साउदी गुप्चतर र अन्य अधिकारीले मिलेर योजनाबद्ध ‘राजनीतिक हत्या’ गरेको बताएका छन् ।

अनुसन्धान कहाँ पुग्यो ?

साउदीद्वारा खसोग्गीको हत्याको कुरा स्विकारेपछि अहिले पनि सबैभन्दा ठूलो मुद्दा खसोग्गीको शवबारे नै छ ।

उनको शव कहाँ छ, त्यसबारे केही प्रमाण भेटिएको छैन । साउदी दूतावासभित्र एक बगैंचामा बनेको कुवामा उनको शवको अवशेष भएको आशंका जताइएको छ ।

अनुसन्धानबारे अहिले पनि केही विरोधाभासी रिपोर्ट सार्वजनिक भइरहेका छन् । अनाडोलू एजेन्सीले सुरुवाती रिपोर्टमा साउदीले अनुसन्धानका लागि अनुमती दिन अस्विकार गरेको बताएको थियो । एनटीवीले मात्र अनुसन्धानका लागि अनुमती दिइएको जानकारी दिएको छ ।

मंगलबार पनि एक रिपोर्ट सार्वजनिक भयो जसमा एक साउदी कूटनीतिज्ञको कारबाट खासोग्गीको शवको अवशेष भेटिएको बताइयो ।

यस्तै, टर्कीका राष्ट्रपति अर्दोआनले टर्कीसँग पत्रकारको पूर्वनियोजित हत्याको प्रमाण भएको बताइसकेका छन् ।

साथै मंगलबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले खसोग्गीको हत्यामा साउदीको तर्फबाट दिएको प्रतिक्रिया वास्तविकता लुकाउनका लागि गरिएको अहिलेसम्मको सबैभन्दा खराब कोसिस बताएका छन् ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...