Saturday 20th December 2025

क्रोएशियाका पुर्वप्रधानमन्त्रीलार्इ युद्ध अपराध गरेको अारोपमा जेल सजायको फैसला


तितोपाटी – एसियाका पूर्वप्रधानमन्त्री इभो सानाडरले युद्ध अपराध गरेको ठहर गरिएको छ । युद्धका समय पदको दुरुपयोग गर्दै राज्यकोषबाट अनियमितता गरेको ठहर गर्दै क्रोएसियाको एउटा अदालतले उनलाई सजाय दिनुपर्ने फैसला सोमबार गरेको बताइएको छ ।

पूर्वप्रधानमन्त्री सानाडरले सन् १९९० को दशकमा युद्धका नाममा राज्यको स्रोतसाधनको दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई साढे दुई वर्ष जेल सजाय र पाँच लाख युरो जरिवानासमेत तिराउनुपर्ने फैसला सुनाएको हो ।

तर, पूर्वप्रधानमन्त्री सानाडरले भने जेल सजाय अस्वीकार गरेका छन् । उनले सोही आरोपमा यसअघि नै जेल सजाय भुक्तान गरेको दाबी गर्दै फैसलाको पुनरावलोकनका लागि निवेदन दिने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...