Wednesday 18th March 2026

चीनले बनायो विश्वकै सबैभन्दा लामो ५५ किमिको सामुद्रकि पुल


तितोपाटी – चीनले विश्वकै लामाे समुन्द्री पुलकाे निर्माणकार्य सम्पन्न गरेकाे छ। चिनियाँ सहर जुहाईकाे हुँदै मकाउ जाेड्ने विश्वकै लामो याे पुल अक्टाेबर २४ बाट खुल्ला हुने भएकाे हाे। ५५ किलोमिटर लामे पुललार्इ एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले उद्घाटन गरेका छन्। याे पुल पर्ल रिवर एस्चुरीकाे लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएकाे छ। २० अर्ब डलर लागतमा याे पुल निर्माण भएकाे हाे। चीनले ५५ किमी लामाे समुद्री पुल बनाएर सारा विश्वलार्इ फेरि एकपटक चकित पारिदिएकाे छ।

याे पुलकाे निर्माणकार्य २००९ बाट सुरू भएकाे थियाे। याे पुलमा एफिल टावरमा लागेकाे स्टील भन्दा ६० गुणा बढी स्टील खर्च भएकाे चीनका सरकारी संञ्चार माध्यमले बताएका छन्। याे पुल निर्माणकाे तयारीका लागि मात्र ६ वर्ष लागेकाे थियाे।

पुल निर्माणका क्रममा ७ जना कामदारकाे मृत्यु भएकाे थियाे भने १२० जना घाइते भएका थिए। विश्वकाे सबैभन्दा लामाे यस पुलमा पैदल हिँड्न निषेध गरिएकाे छ। हङकङबाट चिनिया सहर जुहाई जान ३ घण्टा लाग्ने गर्छ। तर, पुल संञ्चालनमा अाएपछि त्याे यात्रा जम्मा ३० मिनेटकाे हुनेछ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...