Saturday 8th November 2025

चीनले बनायो विश्वकै सबैभन्दा लामो ५५ किमिको सामुद्रकि पुल


तितोपाटी – चीनले विश्वकै लामाे समुन्द्री पुलकाे निर्माणकार्य सम्पन्न गरेकाे छ। चिनियाँ सहर जुहाईकाे हुँदै मकाउ जाेड्ने विश्वकै लामो याे पुल अक्टाेबर २४ बाट खुल्ला हुने भएकाे हाे। ५५ किलोमिटर लामे पुललार्इ एक कार्यक्रमकाबीच चिनिया राष्ट्रपति सि जिनपिङले उद्घाटन गरेका छन्। याे पुल पर्ल रिवर एस्चुरीकाे लिङ्गदिङग्याङ्ग क्षेत्रमा निर्माण भएकाे छ। २० अर्ब डलर लागतमा याे पुल निर्माण भएकाे हाे। चीनले ५५ किमी लामाे समुद्री पुल बनाएर सारा विश्वलार्इ फेरि एकपटक चकित पारिदिएकाे छ।

याे पुलकाे निर्माणकार्य २००९ बाट सुरू भएकाे थियाे। याे पुलमा एफिल टावरमा लागेकाे स्टील भन्दा ६० गुणा बढी स्टील खर्च भएकाे चीनका सरकारी संञ्चार माध्यमले बताएका छन्। याे पुल निर्माणकाे तयारीका लागि मात्र ६ वर्ष लागेकाे थियाे।

पुल निर्माणका क्रममा ७ जना कामदारकाे मृत्यु भएकाे थियाे भने १२० जना घाइते भएका थिए। विश्वकाे सबैभन्दा लामाे यस पुलमा पैदल हिँड्न निषेध गरिएकाे छ। हङकङबाट चिनिया सहर जुहाई जान ३ घण्टा लाग्ने गर्छ। तर, पुल संञ्चालनमा अाएपछि त्याे यात्रा जम्मा ३० मिनेटकाे हुनेछ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपाली कला र संस्कृतिलाई विदेशमा पनि जोगाउने उद्देश्यले काम गर्दै आएको निरेम समूहले आफ्नो वार्षिक सांगीतिक कार्यक्रम ‘Nirem Musical…

कुवेतका उपप्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख फहाद युसुफ साउद अल-सबाहले आज कुवेतको अल बयान प्लेसमा भारतको केरला राज्यका मुख्यमन्त्री पिनारायी…

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

प्रतिकृयाहरू
...