Wednesday 7th October 2026

राैतहटमा १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार


तितोपाटी – राैतहटमा एक १७ वर्षीया किशोरी सामुहिक बलात्कारमा परेकी छिन् । रौतहटको गुजरा नगरपालिकाको मनर्वाटोलमा मेला हेर्न गएकी एक किशोरीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका हुन् । गुजरा नपाको मनर्वाटोलमा लागेको मेला हेर्न गएकी १७ वर्षीया किशोरीलाई तीनजना युवकले सामूहिकरुपमा बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी कार्यालयमा उजुरी दिएका छन्।

गत आइतबार राती मेला हेर्न गएकी ति किशोरीलाई सोमबार बिहान उज्यालो नहुँदै घर पुर्‍याइदिने भन्दै चिनजानकै एक छिमेकी युवकले मोटरसाइकलमा राखेर मनर्वास्थित नहरको डिलमा ल्याएर उनीसहित उनका तीनजना साथीले बलात्कार गरेको पीडित पक्षको आरोप छ।

नहरको डिलमा बलात्कार गरेर पुन जंगलतर्फ मोटरसाइकलमा राखेर लैजाँदै गर्दा बस्तिछेउमा पुगेपछि किशोरीले मोटरसाइकल चलाइरहेका आरोपीको हात टोकेर मोटरसाइकल लडाइ गुहार मागेपछि तीनैजना युवक फरार भएको पीडित किशोरीले प्रहरीसमक्ष बताएकी छन्।

आरोपी तीनैजना फरार रहेका छन्। सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ। बिहानै भएको घटनाको प्रहरीलाई साँझ मात्रै जानकारी दिएकाले आरोपी फरार हुने मौका पाएको प्रहरीको भनाइ छ।

किशोरीको स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान र आरोपीको खोजी भैरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जनाकारी दिएका छन्।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...