Tuesday 18th August 2026

अनु मल्लिकलार्इ याैन उत्पीडनको अारोप लगाउनेको संख्या बढ्दै


तितोपाटी – हालै म्युजिक डायरेक्टर अनु मलिकमाथि विभिन्न महिलाले यौन उत्पीडनको आरोप लगाएका थिए । त्यसपछि उनले रियालिटी शो ‘इंडियन आइडल १० ’ मा जजको रुपमा काम पनि छोडेका छन् । वास्तवमा अनुमाथि यौन उत्पीडनको आरोप लागेपछि च्यानलले नै उनलाई जजको पदबाट हटाएको स्रोतले बताएको छ ।

गायिका सोना महापात्र र श्वेता पंडितले अनु मलिकमाथि यौन उत्पीडनको आरोप लगाएका थिए । यीबाहेक अन्य दुई महिलाले पनि आफ्नो पहिचान लुकाएर अनुमाथि आरोप लगाएका थिए । यद्यपी, अनु मलिकका वकिलले यी आरोप अस्विकार गर्दै यस्तो आरोप उनको क्लाइन्टको मानहानीका लागि गरिएको बताए ।

डेक्कन क्रोनिकल्सको रिपोर्ट अनुसार गायिका अलिशा चिन्नोई पनि अब यो मामलामा सार्वजनिक भएकी छिन् र अनु मलिकविरुद्ध लागेको सबै आरोप वास्तविक भएको दाबी गरेकी छिन् । उनले भनिन्, ‘अनु मलिकबारे भनिएको, लेखिएको एक एक शब्द साँचो हो ।’ साथै, अलिसाले ती सबै महिलाको समर्थन गरेका छन् जो आफूमाथि भएको यौह हिंसाबारे खुलेर कुरा गरिरहेका छन् ।

स्मरण रहोस्, ९० को दशकमा पनि अलिशा चिन्नोईले अनु मलिकमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् । यो विषयमा अदालतले पनि अलिशाको समर्थनमा निर्णय सुनाएको थियो । उक्त घटनापछि अलिसा अत्यधिक मानसिक तनावमा गुज्रिएको बताइन्छ । ठूला फिल्मनिर्माता लगातार अनु मलिकसँग काम गरिराख्ने भएकाले उनको व्यवहारमा कहिले सुधार हुन नसकेको उनले बताइन् ।

उक्त घटनापछि अलिशाले अब कहिले पनि आफू अनुसँग काम नगर्ने बताएकी थिइन् । तर सन् २००२ मा फिल्म ‘इश्क विश्क’ मा सँगै काम गरे । साथै, अलिशा र अनु सिंगिंग रियालिटी शो ‘इंडियन आइडल’ मा पनि जजको रुपमा सँगै देखिएका थिए ।

एजेन्सी


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई रावलपिण्डीको अदियाला जेलबाट इस्लामाबादस्थित शिफा इन्टरनेशनल अस्पतालमा दुई…

रूसले युक्रेनले हालै रूसभित्र गरेको आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि बेलायतमाथि युक्रेन युद्धलाई थप चर्काउने प्रयास गरेको…

सर्वोच्च अदालतले समाचार प्रकाशित गरेकै आधारमा पत्रिकाका सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न नमिल्ने स्पष्ट गरेको छ। पत्रकार किशोर…

प्रतिकृयाहरू
...