Saturday 18th May 2024

बारामा बाबुले २ नाबालक छोराको हत्या गरी अाफुले पनि अात्महत्या गरे


तितोपाटी – बाराको जितपुर सिमरा–४ को औराहस्थित शान्तिटोलमा ४० वर्षको सुरेन्द्र रामले आइतबार बिहान आफ्नो २ जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालका अनुसार रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् । तीनैजनाको शव पाेष्टमार्टमका लागि वीरगञ्ज अस्पताल लगिएको छ ।

प्रहरी निरिक्षक हमालका अनुसार राम प्रायःतनावमा नै हुने र अत्याधिक मद्यपान गर्ने गर्थे । उनको अनुसार रामले केही वर्ष अगाडि आफ्नी आमालाई समेत पेटमा छुरा प्रहार गरी घाइते बनाएपछि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अदालतमा विचाराधिन छ ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...