Monday 16th February 2026

पत्रकार जमाल खशोग्गीको टर्किस्थित साउदी दूतावासभित्र मृत्यु भएको पुष्टि


तितोपाटी – साउदी अरबले पत्रकार जमाल खशोग्गीको मृत्यु टर्कीस्थित आफ्नो दूतावासभित्र भएको पुष्टि गरेको छ। घटनाको पुष्टि भएसँगै उच्च गुप्तचर अधिकारी अहमद अल असिरी र राजपरिवारका वरिष्ठ सल्लाहकार साउद अल कतानीलाई बर्खास्त गरिएको छ। १८ जनालाई गिरफ्तार गरिएको छ।

अक्टोबर २ मा विहेका लागि कागजात बनाउन इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास जाँदा पत्रकार खशोग्गी बेपत्ता भएका थिए। साउदी सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडाले मृत्यु भएको बताइएको छ।

यसअघि खशोग्गी वाणिज्य दूतावासभित्रै मारिएको भन्ने टर्कीको दाबी रियादले अस्वीकार गर्दै आएको थियो। पत्रकार बेपत्ता प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन रियादले आफ्ना निकट साझेदार मुलुकबाटै चर्को दबाब झेल्दै आएको थियो।
कतिपयले शक्तिशाली साउदी राजकुमार मोहम्मदकै निर्देशनमा खशोग्गीको हत्या गरिएको आरोप लगाउँदै आएका छन्। खशोग्गी राजकुमार मोहम्मदका कतिपय नीतिका कटु आलोचक थिए।

खशोग्गी पछिल्लाे समय अमेरिकामा स्व:निर्वासनमा बस्दै अाएका थिए।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...