Wednesday 7th October 2026

अछाममा एकै युवकद्वारा ७ वर्षीया बालिका बलात्कृत, १४ वर्षीया किशोरीमाथि बलात्कार प्रयाश


तितोपाटी – अछामको कमलबजार नगरपालिकामा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् भने अर्की १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास भएको छ । दुवै घटनामा संलग्न भएको आरोपमा प्रहरीले कमलबजार–५ का एक १८ बर्षीय युवकलाई पक्राउ गरेको छ । उनलाई शनिबार साँझ अछाम प्रहरीले पक्राउ गरेको भए पनि परिचय खुलाएको छैन । पीडितको परिचय खुल्न सक्ने भएकाले उनको परिचय नखुलाइएको हो ।

गत ३ असोजमा गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै ती युवकले बलात्कार गरेका थिए । तर, जब उनले २ कात्तिकमा पुनः जंगलमा गाई, बाख्रा चराउन गएकी अर्की १४ बर्षीया बालिकामाथि बलात्कारको प्रयास गरे तब उनको कर्तुत सार्वजनिक भयो ।

बालिका भागेर घरमा पुगेपछि घटना सार्वजनिक भएको थियो । लगत्तै, अछाम प्रहरीले थालेको अनुसन्धानको क्रममा अर्को घटना पनि जोडिएको थियो ।

पीडितका बुवाले प्रहरीमा दिएको उजुरी अनुसार आफ्नो छोरीलाई ती युवकले घडी दिइ फकाएर बलात्कार गरेको थिए ।

‘कसैलाई भनेमा मारिदिने धम्की दिएको करणी भएको देखिएको छ’, प्रहरी स्रोत भन्छ । घटनामा संलग्न युवकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।


सम्बन्धित शीर्षकहरु

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

बाब अल–मन्दबमा हुथीमाथि ठूलो धक्का, यमनी सरकारी सेनाले नियन्त्रण लिएको दाबी ‘डन अफ यमन’ अभियान तीव्र; साउदी गठबन्धनका १०० युद्धविमान…

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

प्रतिकृयाहरू
...