Sunday 5th May 2024

रामेछापमा सुमो दुर्घटनामा २ को मृत्यु, ८ घाइते मध्ये ५ गम्भीर


तितोपाटी – रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ।

दुर्घटनमा परी मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनका छोरा ४० वर्षीया दुर्गा बहादुर कार्की रहेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शेष अदालतले जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थली ल्याइएको छ। दुर्घटना साँझमा भएकोले अध्यारोका कारण उद्धार गर्न समस्या भएको प्रहरी निरीक्षक अदालतले जानकारी दिए।

सुमो सडकबाट करिब ३ सय मिटर तल झरेको थियो। सुमो दसैंको टीका लगाएर फर्कने मानिस बोकेर कुकुरकाटे भन्ज्याङबाट रामेछाप नगरपालिका वडा नं. १ गोठपानीका लागि  हिँडेको थियो।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन। सुमोमा कती यात्रु थिए एकिन नभएकोले घटनाको वास्तविक विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ घाइतेको उद्धार गरी अस्पताल ल्याउन सुरक्षाकर्मी र एम्बुलेन्सलाई घटनास्थलतर्फ तत्कालै पठाइएको प्रहरीले जनाएकाे छ।


सम्बन्धित शीर्षकहरु

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताएका छन्। त्रिधार्मिकस्थल हलेसीमा शनिबार हवनकुण्ड शिलान्यास…

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

प्रतिकृयाहरू
...