Wednesday 12th March 2025

प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा आयोजित बृहत सांस्कृतिक कार्यक्रम भब्यताको साथ सम्पन्न


तिताेपाटी – प्रवासी नेपाली एकता मञ्च ओमन द्वारा आयोजित बृहत साँस्कृतिक कार्यक्रम ओमनको रुबि स्थिति अल मासा हलमा अक्टोबर १९ तारिक बडा दशैकाे दिन भब्यताको साथ सम्पन्न भएको छ ।

बिजया दशमीको दिन ओमनमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले पनि भब्यताका साथ दशैँ पनि मनाए । प्रवासी नेपाली एकता मञ्च ओमनको कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास ओमन कि महामहिम राजदुत सर्मिला ढकाल पराजुली रहेकी थिइन भने अतिथिहरुमा नेपाल बाट आएका चर्चित कलाकारहरु गायक तिलक परियार , गायिका अमृता लामिछाने, नेपाली जनसम्पर्क समिति ओमनका उपसभापति सालिकराम चापागाईं ,ओमान नेपाली एकता समाजका अध्यक्ष छबीलाल बस्नेत, बिवेकशील साझा पार्टीका सचीव राजेन्द्र सिलवाल, नेपाली समाज ओमानका पार्वती श्रेष्ठ ,गैर आवाशीय नेपाली सोसल क्लब ओमनका महासचिव पुर्ण ब. श्रेष्ठ , म्याग्दी प्रवासी संघ मोना ओमनका उपाध्यक्ष गणेश चोखाल ,नेपाली महिला समूह ओमन कि अध्यक्ष उमा आचार्य ,तामाङ समाज ओमानका अध्यक्ष तेजबहादुर तामाङ ,बुद्ध भिजन ओमन,तमु समाज ओमन,नेपाल मगर संघ ओमन, दलित एकता संजाल ओमान ,सगरमाथा समूह ओमन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ओमान, बाग्लुङ सेवा समाज ओमन गुल्मी सेवा समाज ओमन , कृश्चिएन फिलोसोपि ओमन, पत्रकार, बुद्धिजीवी, व्यावसायिहरु उपस्थिति रहेको थियो । उसस्थित सम्पूर्ण अतिथिहरुलाई संस्थाका सदस्य सम्झना केसि र बिबि माँया तामाङ्गले ब्याच लगाई सम्मान गरेका थिए ।

कार्यक्रमको सुरुवातमा  मैन बत्ती बालेर राष्ट्रिय गीत बजाई उद्दाटन गरीएको थियो । ज्ञात अज्ञात सहिदहरुकाे सम्झना गर्दै १ मिनेट मौन धारण गरिएकाे थियाे भने  प्रवासी नेपाली एकता मञ्च ओमनका सांस्कृतिक बिभाग सह संयोजक रामहरी गिरिले स्वागत मन्तव्य राख्नु भएको थियो । संयोजक रन्जित आचार्यले बिहान उठ्न बित्तिकै हिमाल देख्न पाइयोस् । यी हातले सधै सधै नेपाल लेख्न पाइयोस् भन्ने गित बाट कार्यक्रममा उपस्थित अतिथीहरु लाई स्वागत गरेका थिए । प्रमुख अतिथी नेपाली राजदुतावास ओमनकि महामहिम राजदुत सर्मिला पराजुली ढकाल, कार्यदल सदस्य उमेश विश्वकर्मा लगायत ओमन स्थित रहेका विभिन्न संघ संस्थाहरुले दशैँ शुभकामना मन्तब्य राखेका थिए । मन्तव्य संगै महामहिम राजदुत सर्मिला ढकाल पराजुली संस्थाका सल्लाहकार समाज सेवि तोलाकान्ता भट्टराईले आशीर्वाद दिदै उपस्थित सबैलाई टीका जमरा लगाई दिएका थिए  भने विष्णु चौलागाईं , पुर्ण विश्वकर्मा (पहाडी ), सम्झना केसिले कार्यक्रम संचालन गरेका थिए ।

नेपाल बाट आएका कलाकार तिलक परियार, अमृता लामिछानेको गायन प्रस्तुतिले हलमा रहेका दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । साथमा ओमन स्थित विभिन्न संस्था बाट प्रतिनिधित्व गरेर आएका स्थानिय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम लाई थप रौनक थपेको थियो । संस्थाको निमन्त्रणालाई सहर्ष स्विकार्दै अाएका कलाकारलाई मायाकाे चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा खाना पानी चिसो पियपदार्थको पनि व्यवस्था रहेको थियो । कार्यक्रमलाई डिसि नेपालका बिनेश खनाल, इरुप्से ड्ट्कमले फेसबुक लाईभ प्रसारण गरेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमका अध्यक्ष सोम कृष्ण श्रेष्ठले कार्यक्रम सफल पार्न नैतिक , भौतिक र आर्थिक सहयोग पुर्याउने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

 


सम्बन्धित शीर्षकहरु

गरिबीले बाध्य भएर विदेशीनु परेको छ यो कस्तो बाध्यता हो सहनु परेको छ घरपरिवारको खुसीको लागि आफ्नै खुसी रेट्नु परेको…

इजरायलको जानाजानी आणविक अस्पष्टताको नीति कति समयसम्म टिक्न सक्छ? लन्डन: यो त्यस्तो क्षण थियो जुन अन्तर्राष्ट्रिय समुदायमा लगभग कसैले पनि…

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । मानवताविरुद्ध अपराधको आरोपमा उनलाई फिलिपिन्सको प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।…

प्रतिकृयाहरू
...