Wednesday 18th March 2026

सोमालियामा अमेरिकी सेनाको कारवाहीमा ६० लडाकु मारिए


तितोपाटी – अमेरिकी सेनाले मध्य सोमालियामा गत शुक्रवार गरिएको एउटा कारबाहीमा अल-शबाब समूहका करिब ६० जना लडाकु मारिएको आफ्नो विश्वास रहेको जनाएको छ। हरारडेरे नगर नजिकै ‘निश्चित निशानामा लक्षित’ आक्रमणमा कोही सर्वसाधारण घाइते वा नमारिएको अमेरिकी सेनाको एउटा वक्तव्यमा भनिएको छ। सोमालियाको फौजसँग मिलेर अल-शबाबमाथि हमला गर्ने संयुक्त प्रयास अन्तर्गत पछिल्लो कारबाही गरिएको हो।

सन् २०१७ को नोभेम्बर यताकै यो सबैभन्दा हिंसात्मक कारबाही भएको बताइएको छ। गत नोभेम्बरमा गरिएको एउटा कारबाहीमा सयजना लडाकु मारिएको अमेरिकी सेनाले उल्लेख गरेको छ। इथियोपियाली सेना गत वर्ष हटेदेखि मध्य सोमालियामा अल-शबाब अझ बढी शक्तिशाली भएर आएको थियो  । यो अाक्रमणले लडाकु समुह अल-शबाबलार्इ ठुलै झट्का लागेको बुझिएको छ।

अल-कायदासँग सम्बद्ध अल-शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

अमेरिकी अफ्रिकी कमाण्डले भनेको छ, “सोमाली र अन्तर्राष्ट्रिय साझेदारहरूसँगै हामी पनि अल-शबाबलाई सुरक्षित स्थानको फाइदा लिनबाट रोक्न प्रतिबद्ध छौँ।” समाचार संस्था एपीका अनुसार यो वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१७ को मार्चमा अल-शबाबविरुद्धको कारबाहीलाई विस्तार गरेका थिए। सन् २०११ मा अफ्रिकी युनियन फौजको नेतृत्वमा गरिएको कारबाहीबाट अल-शबाब मोगादिसुबाट भाग्न बाध्य भएको थियो।


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...