Tuesday 11th November 2025

पप गायक राजु थापाको “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत युटुबमार्फत बजारमा


तितोपाटी – बुटवल स्थायी घर भइ हाल कुवेतमा कार्यरत पप गायक राजु थापाले “दिल चोरेर भाग्न पाईदैन” बोलको गीत म्युजिक भिडियो सहित बजारमा ल्याएका छन ।

उक्त गीतमा बिगत केही वर्ष अगाडि देखी सांगितिक क्षेत्रमा निकै मिहिनेत गरि आफुलाई पप गायकको रुपमा परिचित बनाउदै आएका गायक राजु थापाको स्वर रहेको छ भने गायक तथा सर्जक प्रेम कटवालले शब्द संकलन गरेका छन ।

उक्त गीतमा संगीत भिम बिसीको रहेको छ भने सियुन श्रेष्ठको निर्देशनमा मोडेल शोनिका रोकाय र जेम्स बिसीले अभिनय गरेका छन । म्युजिक भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन भने प्रबिन भट्टको सम्पादनमा हाईलाईट्स नेपाल म्युजिक प्रालिको अफिसियल युट्युब बाट सार्वजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...