Saturday 20th December 2025

इन्डोनेसियामा बाढ र पहिरोको कारण कम्तिमा २२ जनाको मृत्यु


तितोपाटी – भारी वर्षापछि आएको बाढी र पहिरोले इन्डोनेसीयामा कम्तिमा २२ जनाको मृत्यु भएको छ भने दर्जनौं हराइरहेका छन्।

उत्तरी सुमात्रा प्रान्तमा अाएकाे बाढीमा परी एकै स्कुलका कम्तिमा ११ जना बालबालिकाको समेत ज्यान गएकोे छ। बाढीले मुआरा सलादी गाउँमा रहेको एक स्लामिक स्कुलका बालबालिकालाई बगाएको थियो।

बाढीमा परी अन्य हराइरहेको विद्यार्थीको खोजिकार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। बाढीले २० भन्दा बढी घर समेत बगाएको छ। घरमा रहेका मानिसहरुलाई समेत बाढीले बगाएको हुन सक्ने स्थानीय अधिकारीहरुले बताएका छन्। उनीहरुको खोजि कार्य जारी रहेको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...