Thursday 30th July 2026

नुवाकोटमा बस दुर्घटना हुँदा घटनास्थलमै २ को मृत्यु, ५६ घाइते


तितोपाटी – नुवाकोटको त्रिशुली जाँदै गरेको बा१ख ६३५६ नम्बरको यात्रुवाहक बस सूर्यगढी-५ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चकन्या गाउँपालिका ४ थप्रेककी २७ वर्षीया मिनु तामाङ र चितवनका बलराम तिवारी छन् । 

नुवाकोटकै समुन्द्रटारबाट त्रिशुली जाँदै गरेको बा १ ख ६३५६ नम्बरको मिनिबस सूर्यगढी गाउँपालिका ५ फेरीखोला आज बिहान पौने १० बजे दुर्घटनामा परेको हो । घाइते मध्ये गम्भीर घाइते भएका १७ जनालाई उपचारका लागि काठमाडौं पठाइएको र अन्यको त्रिशुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीय यात्रु बोकेर समुन्द्रटारबाट त्रिशुलीतर्फ गुडेको बसमा ५० भन्दा बढी यात्रु रहेका थिए ।  बस सडकबाट करिब १ सय मिटर तल खसेको छ । बसको क्षमता २८ जना यात्रु बोक्ने भएपनि बसमा करिब ५० जना यात्रु रहेको बताइएको छ । क्षमताभन्दा बढी यात्रु, तीब्रगति तथा बस धेरै पुरानो भएको र कन्डिसनमा नरहेको कारण दुर्घटना भएको दुर्घटनाका एक घाइतेले बताए ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबाद: पाकिस्तानको सेनाको जनसम्पर्क विभाग (ISPR) ले पछिल्लो २४ घण्टामा खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सञ्चालन गरिएका संयुक्त सुरक्षा अभियानका…

इम्फाल: भारतको मणिपुर राज्यस्थित नोनी जिल्लामा बुधबार बिहान सुरक्षा बल र नागा भिलेज गार्डबीच भएको गोली हानाहानमा एक जना नागा…

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

प्रतिकृयाहरू
...